बागलुङ - आगामी बैशाख ३० गते हुने स्थानिय तहको चुनावी कार्यतालिका अनुसार मंगलबार दाबी विरोधको समय निर्धारण गरिएको थियो । निर्वाचनले निर्धारण गरेको समय भित्र जिल्लाको बागलुङ नगरपालिकामा वडा नं. ५ का वडा अध्यक्ष पदका उम्मेदवार हरि प्रसाद शर्मा विरुद्ध दाबी विरोधको उजुरी परेको छ । नेकपा एमाले बाट वडा अध्यक्षको उम्मेदवार भएका शर्मा विरुद्ध नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार फुलप्रसाद सापकोटाले उजुरी दर्ता गरेको सहायक निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिए । शर्माले आर्थिक अनियमितता गरेको भनि निर्वाचन उजुरी परेको सापकोटाले जानकारी दिए । विभिन्न ठाउँमा आर्थिक अनियमितता भरेको भनि उजुरी परेको छ सहायक निर्वाचन अधिकृत सापकोटाले भने,–‘छलफल गरेर उम्मेदवारर्ला बोलाउनेछौं कुनै प्रमाण भए सोको अध्ययन गर्नेछौं सोही आधारमा निर्णण हुनेछ ।’ बागलुङ नगरपालिकामा जम्मा एक जनाको मात्र दाबी विरोधको उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ । दाबी विरोधको उजुरी जुन पदको उम्मेदवार हो सोही पदमा उठेको उम्मेदवारले मात्र उजुरी दिने कानुनी व्यवस्था रहेको छ ।