बागलुङ- जिल्ला भलिबल संघ बागलुङको अध्यक्षमा गलकोटका योगेश भण्डारी निर्वाचित भएका छन । संघको ५औं अधिवेशनबाट अध्यक्षमा भण्डारी सर्वसम्मत निर्वाचित भएका हुन । संघको स्थापनाकाल देखी नै उपाध्यक्ष भएका भण्डारी यस पटक अध्यक्ष भएका हुन । संघमा स्थापनाकाल देखीनै निरन्तर आवद्ध रहेर भलिवल खेलको विकासका निम्ती भण्डारीले महत्वपुर्ण भुमिका खेल्दै आएका छन । संघको उपाध्यक्षमा किशोर थापा छन्त्याल, गोर्ख भण्डारी, महासचिवमा सन्दीप पन्त, र कोषाध्यक्ष प्रकाश थापा रहेका छन ।
संघको सदस्यहरुमा निरकुमार घर्ति मगर, लिल कुमार छन्त्याल, दिलिप थापा, तेजिन्द्र क्षेत्री, देब बहादुर श्रीष, हिमाल रोका, लुक श्रीष, अमृता जिसी रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । संघले थप पाँच सदस्य कार्यसमितिमा मनोनित गरेको छ । जसमा कृष्ण शेरचन, द्रोण कार्की, सरोज कुमार घर्ति र राजमान बुढालाई मनोनित गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष भण्डारीले जिल्लामा भलिवल खेललाई सवैको रोजाईको खेलको रुपमा विकास गरिने बताए । विशेष गरी जिल्लाको गलकोट क्षेत्रमा प्रख्यात रहेको यस खेललाई जिल्ला भरी नै खेलाडी उत्पादन गरेर बागलुङलाई भलिबलको हबको रुपमा विकास गर्ने बताए । भण्डारी आफैमा पनि भलिवलको राष्टिय खेलाडी हुन ।