देउरानी जेठानी मेयर र उपमेयरका उम्मेदवार 

  • ब‌ैशाख १६, २०७९

बागलुङ- आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको नगरप्रमुख (मेयर) र उपप्रमुखमा (उपप्रमुख) एकाघरकै दुई सदस्य रहेका छन । गठबन्धनका दल र नेकपा एमाले बाहेक अन्य दल र स्वतन्त्र रुपमा उम्मेदवारी दिने पनि छन । 
नगरप्रमुख एकाघरका दुई जनाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन । नेकपा मालेबाट नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएकी मञ्जु क्षेत्री र स्वतन्त्र बाट उप्रमुखमा उम्मेदवार दिएकी तारा कुमारी रिजाल नाताले देउरानी जेठानी हुन । मञ्जु देउरानी हुन भने तारा जेठानी हुन । बागलुङ नगरपालिका–१३ पैयुँपाटा घर भएका दुवै जनाले स्थानिय तहको निर्वाचनमा नगरप्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका हुन । 
क्षेत्री नेकपा मालेकी केन्द्रीय सदस्य हुन भने रिजाल जनता पार्टीका केन्द्रीय अध्यक्ष तिलक बहादुर रिजालकी धर्मपत्नी हुन । रिजालले स्वतन्त्रबाट उप मेयरमा उम्मेदवारी दिएकी हुन । उप प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी रिजाललाइ नेकपा विप्लवको र जनता पार्टीको समर्थन रहेको जनता पार्टीका अध्यक्ष रिजालले जानकारी दिए । 
 

प्रतिक्रिया