बागलुङमा  ५३.५६ प्रतिशत मत खस्यो

  • मङ्सिर ५, २०७९

बागलुङ- आईतबार सम्पन्न प्रतिनिनिध सभा र प्रदेश सभा निर्वाचनमा बागलुङमा ५३.५६ प्रतिशत मत खसेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा  १ लाख २ हजार ९ सय ६३ मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ प्रसाद रिजालले बताए ।

मतदान स्थलबाट आईतबार राति नै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याईएको र दुवै क्षेत्रमा विहान ११ बजे पछि सर्वदलिय बैठक बसे पछि मतगणना सुरु हुने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । 

प्रतिक्रिया