चिल्ड्रेनलाईफ कप फुटवल प्रतियोगिता आजदेखी

  • फाल्गुण १०, २०८०

बागलुङ-  बागलुङ सदरमुकाममा रहेकाे चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबले तेस्रो संस्करणको चिल्ड्रेन लाईफ कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता संचालन गर्ने भएको छ । विहिबार देखी संचालन हुने प्रतियोगिताको बुधबार ट्रफी सार्वजनिक गरिएको छ ।

चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुलको सहआयोजनामा  बुधबार विजेता र उपविजेताको ट्रफी सार्वजनिक गरेका हुन् । उक्त ट्रफीको अनावरण चिल्ड्रेन लाईफ स्पोर्टस् क्लबका अध्यक्ष नवराज श्रेष्ठले  गरेका थिए । 

ट्रफी सार्वजनिक पछि बोल्दै अध्यक्ष श्रेष्ठले विद्यालयहरु विचको सम्बन्ध, सहकार्य र भाइचारालाई विकास र विस्तार गर्नको लागि विद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरिएको बताए । उनले राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुरुवाती उद्गमस्थल विद्यालय भएकाले विद्यालय केन्द्रित प्रतियोगितालाई निरन्तरता दिइएको बताए । 

ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले विद्यालयस्तरका प्रतियोगिताले खेलाडी उत्पादन सहित विद्यार्थीहरुमा अनुशासन र प्रतिस्पर्धात्मक सोचको विकास गराउन सहयोग पुग्ने  बताए । 

फागुन १३ गतेसम्म बाङ्गेचौर खेलमैदानमा हुने प्रतियोगितामा ९ विद्यालयका १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस् बोर्डिङ स्कुल (सेतो) र गुराँस विद्या सदन विच हुने प्रतियोगिता संयोजक जीवन रोकाले बताए । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः ४४ हजार ४ सय ४४ रुपैयाँ र २२ हजार २ सय २२ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा विद्यागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड सहित प्रत्येक खेलको म्यानअफदि म्याच, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई पुरस्कृत गरिने छ । यस्तै फ्यान अफदि म्याचको पुरस्कार समेत प्रदान गरिने संयोजक रोकाले बताए । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया