• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

काँग्रेस बागलुङको सभापतिमा त्रिपक्षीय प्रतिस्पर्धा

  • मङ्सिर ११, २०७८

बागलुङ- नेपाली काँग्रेसको बागलुङ जिल्ला सभापतिका लागि त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार देखी बागलुङ सदरमुकाममा सुरु भएको अधिवेशनमा सभापतिका लागि तिन जनाले उम्मेदवारी दिएका छन । जिल्लाको नेतृत्व लिनका लागि पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, जित शेरचन र दोण्र्र कुँवरले उम्मेदवारी दिएको निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जानकारी दिए । उपाध्यायलाई पौडेल, कोईराला र गगन थापा पक्षको साथ रहेको छ भने कुँवर देउवा पक्षका नेता हुन । त्यसैगरी सभापतिका अर्का उम्मेदवार शेरचन सिटौला पक्षका नेता हुन उनलाई जिल्लामा केही देउवा पक्षका नेताले पनि साथ दिएका छन । 
    सभापतिका उम्मेदवार उपाध्याय जिल्ला तहमा लोकप्रिय नेताको रुपमा चिनिन्छन । उपाध्यायले नेपाल विद्यार्थी संघ, नेपाल तरुणदल हुँदै जिल्ला सदस्य, सहसचिव हुँदै उपसभापति भएका थिए । उपाध्यायले केही समय कार्यबाहक सभापति भएर जिल्लाको नेतृत्व समेत समालेका थिए । सभापतिका अर्का उम्मेदवार शेरचन पश्चिम बागलुङका नेता हुन । उनि यस अघि बागलुङ क्षेत्र नं. २ प्रदेश सभा ख को प्रदेश सभा निर्वाचन र उपनिर्वाचनमा दुई पटक प्रदेश सभा सदस्यमा समेत उम्मेदवार बनेका थिए ।  सभापतिका अर्को उम्मेदवार कुँवर नेपाली काँग्रेसका निवर्तमान क्षेत्रीय सभापति हुन । शेरचन र कुँवर दुवै एउटै क्षेत्रका हुन ।  जिल्ला सभापति सहित उपसभापति दुई जना सचिव दुई जना र सहसचिव दुई जनामा पदाधिकारीमा निर्वाचित हुने छ । जिल्ला उप सभापतिमा उपाध्यायको समुहबाट नारायण शर्मा पौडेल, र तारानाथ पौडेलको उम्मेदवारी परेको छ भने शेरचनको समुहबाट खिमानन्द पौडेल र महेन्द्र आचार्यले उम्मेदवारी दिएका छन । त्यसैगरी कुँवरको समुहबाट सागर छन्त्यालको उम्मेदवारी परहेको छ भने उपसभापति मै पुर्णबहादुर पौडेलले पनि आफ्नो उम्मेदवारी दिएका छन । सचिवमा हरिहर शर्मा र कृष्ण केसी उपाध्यायको समुहमा छन भने चिरञ्जीवी गौतम र गण्डकी थापा अधिकारी शेरचनको समुहमा छन । सहसचिमा ज्ञानकुमारी श्रीष शर्मा, ज्ञानेन्द्र गौतम र फम बहादुर खत्रीले उम्मेदवारी दिएका छन । श्रीष उपाध्याय पक्षको एक्लो उम्मेदवार हुन भने खत्री र गौतम शेरचन पक्षको उम्मेदवार हुन । 
जिल्ला सदस्यका लागि प्रत्येक नगरपालिकाबाट २ जना खुल्ला र एक जना महिला गाउँपालिकाबाट १ जना खुल्ला र २ जना महिला हुने छन भने खस आर्य महिला ३ खुल्ला ३ आदिवासी जनजाती महिला २ खुल्ला ३ दलित महिला २ खुल्ला २ र अल्पसंख्यक अपाङ्गमा १ जना निर्वाचित हुने छन । सदुमुकाम बागलुङ बजारमा हुने निर्वाचन शनिवार विहान १० बजे पछि सुरु हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिको केही प्राविधिक समस्याका कारण मतदानको कार्यक्रम केही पछाडी सारिएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । 

प्रतिक्रिया