• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार

बागलुङ  नगरपालिकाले बनायो आफ्नै गान र लोगो 

  • असार १२, २०८१

बागलुङ - जिल्लाको सवै भन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिको आफ्नो नगर गान र प्रतिक चिन्ह्र (लोगो) सार्वजनिक गरेको छ । नगरपालिकाको १५औं नगरसभाको अवसरमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले आफ्नो नगरको गान र लोगो सार्वजनिक गरेका हुन । 
नगरपालिकाले आफ्नोे गीतमा देशकै प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका, कालिगण्डकी र झोलुङ्गे पुल, पञ्चकोट, बलेवा भैरवस्थान, लगायत सबै धार्मिक सम्पदानलाई समेटिएको छ भने, वडाको भूगोल, मठमन्दिर, धर्म–सांस्कृतिक परम्परालाई जोडेको छ । नगर गानमा नगरक्षेत्र भित्रको खोला नाला, वन वातावरण, प्राकृतिक सौन्दर्य, पर्यटकिय क्षेत्रको चिनारी, बलेवाको फाँट सँगै यहाँको सभ्यता र संस्कारलाई समेटिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।   आउँदा दिनहरुमा नगरपालिकाका हरेक सार्वजनिक कार्यक्रममा उक्त गान गाईने छ ।  ‘हाम्रो आस्था, हाम्रो गौरव भगवती कालिका, हाम्रो सान स्वाभिमान प्यारो बागलुङ पालिका, हाम्रो बागलुङ पालिका’ नगरगानको सुरुवात यहाँबाट हुन्छ नगरप्रमुख श्रेष्ठले भने,—‘गानमा सवै भुगोल, सवै जातजाती, धर्म संस्कृति र धार्मिक एवं पर्यटकीय क्षेत्रलाई समेटका छौं भने सवै वडा मुख्य चिनारीलाई पनि गानमा नै उल्लेख गरेका छौं, नगर गानबाट बागलुङ नगरपालिकाको पहिचान फराकिलो हुने विश्वास लिइएको छ ।’ नगरको गानलाई भिडियो बनाएर थप प्रचारमा ल्याईने नगरप्रमुख श्रेष्ठको भनाई छ । भिष्ममणी पाण्डेको रचना, सुर्यबहादुर घतानेको संगित तथा बविना भट्टराईको स्वर रहेको नगर गान ४.१६ सेकेण्डको रहेको छ । 
नगरपालिकाले नगरसभा मार्फत आफ्नै प्रतिक चिन्ह्र अर्थात लोगो पनि सार्वजनिक गरेको छ । नगरपालिकालाई चिनाउने र पहिचाहन झल्काउने लोगो सार्वजनिक गरेको हो । लोगोमा बागलुङ नगरपालिकाको नाम, ऐतिहासिक भौगोलिक प्राकृतिक र सामाजिक पहिचाहन झल्कने सवै क्षेत्रलाई लोगोमा समावेश गरिएको छ । लोगोमा १४ वटै वडाको नक्सा, धार्मिक पर्यटकीय क्षेत्र झल्कने कालिका मन्दिर, नेपालको झण्डा र बागलुङ फुल्ने लालिगुँरासलाई समेटिएको छ भने सवै एक छौं भन्ने प्रतिकका निम्ती महिला र पुरुषको हातलाई समेटिएको नगर उपप्रमुख राजु खड्काले बताए । उक्त लोगो अब नगरपालिकाका सवै कार्यपालिका सदस्य, नगर सभा सदस्यहरुले प्रयोग गर्नेछन । नगरको गान र लोगो कार्यपालिकाबाट पास गरी नगर सभामा पेश गरिएको र नगर सभाबाट पनि पास भएको खड्काले जानकारी दिए ।  ‘बागलुङ नगरबासीको छुट्टै पहिचान देखाउने लोगो बनेको छ, नगर उपप्रमुख खड्काले भने,—‘नगरपालिकाको सांस्कृति, प्राकृतिक, धार्मिक एवं सामाजिक क्षेत्र सँगै बहुपहिचानको झल्को दिने गरी नगरको लोगो निर्माण गरेका छौं । यसलाई अब कार्यान्वय गर्नेछौं ।’ उनले बागलुङ नगरपालिकाको पर्यटन नारा पनि निर्माण  गर्न लागेको बताए ।  बागलुङको हाल सम्म तमानखोला गाउँपालिकाले आफ्नो गान बनाएको छ भने जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा आफ्नो गान निर्माण गर्ने कार्यक्रम अगाडी सारेको छ । 

प्रतिक्रिया