काँग्रेस तरुण युवा जगाउँदै गाउँगाउँमा प्रशिक्षण

  • चैत १३, २०७८

बागलुङ- स्थानियत तहको निर्वाचन नजिकिए सँगै जिल्लामा क्रियाशिल दलहरु निर्वाचन केन्द्रित कार्यक्रममा तल्लिन छन । यतिबेला गाउँगाउँमा आफ्नो संगठन विस्तार गर्नुका साथै जनताको घरदैलोमा पुगेका छन । केही कार्यकर्तालाई प्रशिक्षण गर्ने त कही युवाहरुलाई मात्र लक्षित गरी कार्यक्रम संचालन गरेका छन । यसै क्रममा नेपाली कांग्रेस बागलुङले पनि पालिका तहमा अहिले कार्यक्रम संचालन गरेको छ । काँग्रेसले जिल्लाको गलकोट नगरपालिकामा पालिका स्तरीय प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । 

घरघर जाऔं कांग्रेसलाई जिताऔं अभियान अन्तरगत शनिबार गलकोटका तरुण युवाहरुलाई प्रशिक्षण गरिएको छ । 

नेपाली कांग्रेस गलकोट नगर समितिको आयोजना, नेपाली कांग्रेस  जिल्ला कार्यसमिति बागलुङले संचालन गरेको अभियानमा  प्रत्येक वडाबाट तरुण दलका २ जना, शिक्षक सङ्गठनबाट १ जना, भुपु सैनिक संघबाट १ जना र महिला १ जना गरी गलकोट नगरपालिकाका ११ वटा वडा भित्रको सहभागिता रहने गरी कार्यक्रम आयोजना गरीएको थियो । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति जित शेरचनले भाषण भन्दापनि प्राविधिक कुरा बुझ्दै केन्द्रले गरेको सर्कुलरमा अघि बढ्न आग्रह गर्नुभएको थियो । उहाँले बुथ संरक्षण गर्न ढिला नगरी युवाहरुको नामावली सङ्कलन गर्न समेत तरुण दललाई आग्रह गरे

कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा जिल्ला सह–सचिव फम बहादुर खत्री र महाधिवेशन प्रतिनिधि तथा जिल्ला सदस्य मञ्जु शर्मा चालिसेले नेपाली कांग्रेसलाई कसरी सुशुचित बनाउने, जनताहरुका विचमा सद्भावका साथ उपस्थित हुने, सत्य बोल्ने र पार्टिको सङ्गठनको बारेमा प्रशिक्षण दिएका थिए । 

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति सागर छन्त्याल, नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्वर २ का क्षेत्रीय सभापति जोकलाल बुढा, नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य धु्रव गौतम, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भरत शर्मा गैरे, रेनुका काउचा, गिता श्रीस,  नेपाली कांग्रेसका निवर्तमान जिल्ला कोषाध्यक्ष उमेश गौतम, नेपाली कांग्रेस क्षेत्र न २ प्रदेश क का सभापति तिलक घर्ती, नेपाली कांग्रेस गलकोट नगर सचिव योगेश भण्डारी लगायतले मन्तव्य राखेका थिए ।  

कार्यक्रम नेपाली कांग्रेस गलकोट नगर सभापति विरजंग भण्डारीको अध्यक्षता, उप–सभापति यज्ञ प्रसाद सापकोटाको स्वागत तथा सचिव लोकनाथ कडेंलको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया