जेसिस सप्ताह : वाइवाई नृत्य प्रतियोगिता

  • भदौ २८, २०७९

बागलुङ- बागलुङमा संचालित जेसीज सप्ताह अन्तरगत चौथो दिन मंगलवार वाइवाई नृत्य प्रतियोगिता सम्पन्न भएको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय बागलुङ जेसीजको आयोजनामा बिभिन्न कार्यक्रमका साथ संचालित सप्ताहको चौथो दिन राष्ट्रिय भाव झल्कने गितमा वाइवाई नृत्य प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा नौ वटा विद्यालयका विद्यार्थीहरु सहभागिता जनाएका थिए । कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका उप्रप्रमुख राजु खड्काले गरेका थिए । कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले युवाहरुको नेतृत्व र क्षमता बिकासमा सक्रिय जेसीजले राष्ट्रको भावना जागृत गर्नका लागि कार्यक्रम गर्नु महत्वपूर्ण बिषय भएको बताए । 
वाईवाई सामुयिक नृत्य प्रतियोगिताबाट अमर आदर्श आवसिय मावि प्रथम, फ्युचर व्राइटर बोडिङ स्कुल द्धितीय र युएस एकेडेमी तृतीय भएको कार्यक्रम संयोजक सोनी कार्की बिन्दाले जानकारी दिईन । 
कार्यक्रम बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एव कार्यवहाक अध्यक्ष आनन्द रेग्मीको अध्यक्षता, मुल संयोजक अञ्जिला श्रेष्ठको स्वागत र कार्यक्रम संयोजक सोनि कार्की बिन्दाको सञ्चालनमा सम्पन्न भएको थियो । 
त्यसैगरि सप्ताहको पाँचौं दिन बुधबार स्थापना दिवससंगै रक्तदान, छैठौ दिन बिहिबार पिस प्यालेस फुटसल प्रतियोगिता र सातौं तथा अन्तिम दिन शुक्रबार समापन समारोह एवं स्वर्गिय प्रगति स्मृति बक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रमकोे आयोजना गरिएको मुल संयोजक अञ्जिला श्रेष्ठले जानकारी दिईन । 

प्रतिक्रिया