नेकपा एमाले बागलुङ नगरकमिटी अध्यक्ष शर्माले दिए राजिनामा

  • फाल्गुण २६, २०८२

बागलुङ -  नेकपा एमाले बागलुङ नगरकमिटीका अध्यक्ष रामकृष्ण शर्माले आफ्नो पदबाट राजिनिामा दिएका छन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन नसकेको भन्दै पदबाट राजिनामा दिएको घोषणा गरेका हुन । 
शर्माले उपाध्यक्षलाई सम्बोधन गर्दै पत्रमा लेखेका छन ‘यस प्रतिनिधी सभा क्षेत्र नं. १ बाट नेकपा एमालेका सूर्य ध्वजा वहाक उम्मेदवारलाई जिताउन नसकेको र वागलुङ नगर पालिकामा पनि कार्यकर्तालाई उत्साहित बनाउन तथा आम मतदाताको माग बुझ्न नसकिएको प्रति आत्मआलोचित हुँदै नैतिकताको आधारमा नगर कमिटि अध्यक्ष पदवाट आजैको मिति देखि लागु हुने गरि राजिनामा गरेको जानकारी गराउँदछु ।’ शर्माले राजिनामा दिएसँगै नेकपा एमाले बागलुङमा तरङ्ग फैलिएको छ । उनको राजिनामा स्विकृत हुने नहुने विषयमा उपाध्यक्ष रुद्र बहादुर केसीले पार्टी भित्र छलफल पश्चात मात्र निर्णय हुने बताए । ‘अध्यक्षज्यूले राजिनामा दिनुभएको छ । यो विषयमा उहाँसँगै एक पटक बसेर पार्टीले सोही अनुसार निर्णय गर्नेछ उपाध्यक्ष केसीले भने ।’

प्रतिक्रिया