रामरेखा आधारभूतमा स्कुल भ्यान

  • साउन १५, २०८१

बागलुङ-  बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा रहेको रामरेखा आधारभूत विद्यालयका लागि स्कुल भ्यान संचालन ल्याईएको छ । धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्र (डिआइआरडिसी)को पहलमा झण्डै ५० लाख रुपैयाँ पर्ने गाडी राजश्व छुट गरेर २० लाख रुपैयाँमा ल्याईएको हो । उक्त भ्यान  मंगलबार एक कार्यक्रमका साथ विद्यालयलाई हस्तान्तरण गरिएको छ । भ्यानको चावी डिआइआरडिसीका अध्यक्ष केवी रानामगरले बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठलाई हस्तान्तरण गरे । नगरपालिकाको पहलमा चालक र अन्य खर्च संचालन गर्ने गरी यो गाडी चलाइने छ । नगरप्रमुख श्रेष्ठले उक्त चाबी विद्यालयका प्रधानाध्यापक सिर्जना शर्मा र व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र केसीलाई हस्तान्तरण गरेका हुन । 
विशेष गरी विपन्न परिवार र शारिरीक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययन गर्ने यस विद्यालयमा आउने विद्यार्थीहरु कहिले बालुवा बोक्ने ट्रयाक्टर त कहिले सार्वजनिक यातायातमा आउजाउ गर्नुपर्ने बाध्यता थियो । विद्यालयमा भ्यानको व्यवस्था भए सँगै यो समस्याको अन्त्य भएको विद्यालयका शिक्षक विष्णुराज पौडेल बताउँछन । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकाका सामुदायिक विद्यालयलाई निजी विद्यालय सँग प्रतिस्पर्धा गर्न सक्ने बताए ।  । उनले विद्यालयमा हस्तान्तरण गरिएको स्कुल भ्यानले नगरपालिकाले शैक्षिक क्षेत्रको विकासका निम्ती एउटा ईट्टा थपिएको बताए । श्रेष्ठले बालमैत्री नगर अभियानमा अपांग र मजदुरका छोराछोरी पढ्ने विद्यालयमा गाडी भित्रिएपछि थप साथ मिलेको बताए । बालबालिकाको पढाइ अब्बल बनाउने काममा शिक्षक र बालबालिकालाई सुरक्षित रुपमा पठाउने काममा अभिभावकले पनि भूमिका खेल्नुपर्ने भनाई थियो । 
‘कतै विद्यार्थी नभएर विद्यालय बन्द गर्नुपरेको अवस्था आएको छ । कुनै विद्यालयमा हामीले गाडीको व्यवस्था गर्न पाएका छौं  नगरप्रमुख श्रेष्ठले भने,—‘यस विद्यालयमा मालढुंगा र खहरेदेखि मजदुरका बालबालिकाले पढ्दै आउनुभएको छ । उहाँहरुका लागि अब सहज हुने विश्वास लिएका छौं । स्कुल भ्यानलाई निरन्तर संचालनका लागि नगरपालिकाले समन्वय गर्नेछ ।’ उनले स्कुल भ्यान ल्याउन मात्र नभएर यसलाई नियमित संचालनका लागि पनि चुनौती रहेको बताए । 
यस विद्यालयमा हाल १३ जना शारीरिक अपांग भएका बालबालिका पढ्छन् भने कुल १ सय ४० विद्यार्थी छन् । अधिकांस नगरक्षेत्रभन्दा बाहिरबाट आएर बसेका मजदुरका बालबालिका रहेको विद्यालयका प्रध्यानध्यापक सिर्जना शर्माले बताईन । यस विदालयमा पढने अधिकाशं विद्यार्थी जिल्ला बाहिरका रहेका छन । यहाँ शारिरीक अपांगता भएकाहरुको छात्राबासको व्वयस्था पनि छ । बालबालिकाको खानेबस्ने व्यवस्थापन भने नगरपालिकाले गरेको छ ।
स्कुल बस हस्तान्तरण कार्यक्रममा डिआइआरडिसीका अध्यक्ष केवीराना मगरले अपांग बालबालिकाको शिक्षामा सबैको साथ र सहयोग चाहिने बताए । उनले रामरेखा विद्यालयको लागि यसअघि संस्थागत रुपमा भवन निर्माण तथा अपांगमैत्री ¥याम्प निर्माणमा पनि साथ दिएको भन्दै अन्य सेवामा पनि लाग्ने प्रतिबद्दता जनाए ।
कार्यक्रममा नगरशिक्षा अधिकृत घनप्रसाद पोखरेलले विद्यालयको शैक्षिक विकासका निम्ती यसले बस आए सँगै थप टेवा पुगेको बताए । 
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र केसीको अध्यक्षता, डिआईआडिसीका सचिव भुपाल चालिसेको स्वागत र विद्यालयका शिक्षक बिष्णुराज पौडेलको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया