राष्ट्रिय सभाका उम्मेदवार भोट माग्न जिल्ला दौडाहमा

  • माघ ४, २०७८

बागलुङ- निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको छ । रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि गत पौष २० गते मनोनयन पनि दर्ता भै सकेको छ । गण्डकी प्रदेशमा पनि ३ रिक्त पदका लागि संयुक्त गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै मनोनय दर्ता गरी विभिन्न जिल्लामा भेटघाटका कामलाई तिब्रता बनाएका छन । तिन पदको निर्वाचनका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गरेका हुन । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल, लीला थनेत र अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गरेका छन् । दुवै पक्षका उम्मेदवारले आफ्नो पक्षमा मत माग्नका लागि जिल्ला दौडाहका कार्यक्रम तय गरेर विभिन्न स्थानिय तहका प्रमुख उपप्रमुख र प्रदेश सभा सदस्यलाई भेटघाटका कार्यक्रम बढाएका छन । 
    निर्वाचनलाई  नै लक्षित गरी संयुक्त गठबन्धनका उम्मेदवारहरुले मंगलबार बागलुङ र म्याग्दीमा मतदातालाई भेटेका छन । बागलुङमा भेटघाटका क्रममा संयुक्त गठबन्धनका तिनै जना उम्मेदवार पन्त आले र सुनारले आफुहरुको उम्मेदवार प्रतिगमनको विरुद्ध रहेको बताए । उनिहरुले जनताको प्रतिनिधित्व गरेर जनताको काम गर्ने उद्देश्यका साथ राष्ट्रिय सभाको उम्मेदवार बनेको बताए । तिन जना मध्ये पन्त र सुनार गोरखाका हुन भने आले मगर तनहुँका हुन । 
    बागलुङका १० स्थानिय तहबाट १३ जना प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गठबन्धन पक्षका रहेका छन । जसको कुल मतभार ३ सय ३४ हनेछ । त्यसैगरी गठबन्धन तफै नै गण्डकी प्रदेश सभा सदस्यमा बागलुङबाट ६ जना प्रदेश सभा सदस्य रहेका छन । काँग्रेसबाट मणिभद्र शर्मा कंडेल र कोपिला बोहोरा, माओबादी केन्द्रबाट चन्द्रबहादुर बुढा सागर र दिलमाया रोका राष्ट्रिय जनमोर्चाबाट खिमविक्रम शाही र प्यारी थापा रहेका छन । उनिहरुको मतभार ९०० हुनेछ । जिल्लाबाट १० स्थानिय तहका २० जना र ८ जना प्रदेश सभा सदस्य गरी कुल मतभार १ हजार ५ सय ६० हुन्छ । जसमा गठबन्धनको १ हजार १ सय ३४ छ भने नेकपा एमालेको ४ सय ८ मतभार र राप्रपाको १८ मतभार रहेको तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताए । जिल्लाबाट गठबन्धनका लागि बहुमत रहेको बुढाले जानकारी दिए ।  गठबन्धनका तर्फबाट जैमिनी नगरपालिका प्रमुख, काठेखोला गाउँपालिका उपाध्यक्ष, र बडिगाड गाउँपालिका उपाध्यक्ष गठबन्धनै हुन । त्यस बाहेक तमानखोला, निसीखोला गलकोट नगरपालिका ताराखोला र बरेङ गाउँपालिकाको प्रमुख उपप्रमुख नै गठबन्धनका रहेका छन ।
गण्डकीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दीनानाथ शर्मा, खिमबहादुर विक र शान्ति अधिकारीको आउँदो असारमा पदावधि सकिने भएसँगै त्यही सिटको लागि चुनाव हुन लागेको हो । शर्मा र विक माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै सदस्य बनेका थिए । तत्कालीन एमालेबाट सदस्य बनेकी शान्ति अधिकारी यतिबेला नेकपा एकीकृत समाजवादीमा छिन् ।  गोलाप्रथा गर्दा उनीहरूको कार्यकाल ४ वर्षे भएको थियो । 
भेटघाट कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धनका उम्मेदवार सवैका साझा उम्मेदवार भएका कारण सवैले आफ्नो अमुल्य मत प्रदान गरी विजयी बनाउन आग्रह गरेका थिए । उनले यो गठबन्धन आगामी निर्वाचन सम्म पुग्ने हुँदा यसले भोलिका दिनमा पनि नेकपा एमालेको विरुद्धमा लाग्नका लागि सहज हुने बताए । 
कार्यक्रमममा नेकपा एकिकृत समाजबादीका गण्डकी प्रदेश संयोजक रामजी प्रसाद शर्माले गठबन्धन प्रतिगमनको विरुद्ध भएको बताए । कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेल, गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति मगर, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ शर्मा, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा र बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले आफ्नो धारणा व्यक्त गरेका थिए । 
कार्यक्रम नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनको अध्यक्षता, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिव भिमलाल पोखरेलको स्वागत र नेकपा माओबादी केन्द्र बागलुङका संयोजक ज्ञामनाथ गैरे अनिलको संचालनमा सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया