बागलुङ- गण्डकी प्रदेश सरकारका वन बातावरण तथा भू–संरक्षण मन्त्री दिपक थापा मगरले गण्डकी प्रदेशमा यस अघिको सरकारले ल्याएका राम्रा योजनालाई अगाडी बढाउने र असफल योजनाको समिक्षा गर्ने बताएका छन ।
प्रेस सेन्टर बागलुङले सोमबार बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले अघिल्लो सरकार अर्थात पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले गरको राम्रा गतिविधिलाई अगाडी बढाउने र असफल भएको योजनलाई समिक्षा गरेर के कारणले असफल भयो त्यसको नतिजा बाहिर ल्याउने बताएका हुन । वन वातरण र भु संरक्षणको क्षेत्रमा त्यती धेरै राम्रा काम हुन नसकेको टिप्पणी समेत गरेका थिए । अहिलेको सरकार अघिल्लो सरकारले गरेका कामलाई निरन्तरता नदिने पक्षमा छैन । मन्त्री थापाले भने, असफल योजनालाई के कारणले असफल भएको भनेर कारण खोतल्छु र नयाँ योजना लागु गर्ने योजनामा छु ।’ उनले जनताको माग, भावनालाई स्थलगत रुपमानै समावेश गर्न जिल्ला भ्रमणमा निस्केको बताए ।
मन्त्री थापाले जिल्लाको काठेखोला, गलकोट हुँद ढोरपाटन क्षेत्र सम्म भ्रमण गरेका थिए । उनले सवै जिल्लामा स्थलगतरुपमा भ्रमण सकेपछि मात्रै योजना कार्यान्वयनमा लैजाने बताए । उनले कृषि र धर्मलाई जोडेर पर्यटनको विकासका लागि अहिलेको गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको समेत जानकारी दिए ।
अघिल्लो सरकारले थालनी गरेको मुस्ताङमा कस्तुरी प्रजनन् केन्द्र अघि बढाउने समेत जानकारी दिए । थापाले ढोरपाटनमा मध्यवर्ती क्षेत्र घोषणाका लागि केन्द्र सरकार सँग मिलेर काम अगाडी बढाउने बताए । थापाले भुसंरक्षणका प्रदेशमा जम्मा दुई कार्यालय रहेको र सवै जिल्लामा बनाउनका लागि कर्मचारी व्यवस्थापनमा कठिनाई भएको बताए । पत्रकार सम्मेलनको प्रेस सेन्टर बागलुङका संयोजक थम्मन थापाको अध्यक्षता सल्लाहकार राम थापा अविरलको स्वागत र सदस्य सज्जन कुमार सिंहको संचालनमा सम्पन भएको थियो ।