बडिगाडमा एमाले र काँग्रेसका कार्यकर्ता विच झडप

  • ब‌ैशाख २९, २०७९

बागलुङ- बुधबार राती जिल्लाको बडिगाड गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ता विच झडप भएको छ । विहिबार नेकपा एमाले बडिगाड गाउँपालिका अध्यक्ष कमलराज आचार्यले एक प्रेस विज्ञप्ती जारी गर्दै मौन अबधीको समयमा नेपाली कांग्रेसको समूहले नेकपा एमालेका  गाउँपालिकाका उम्मेदवार सहितको समूहलाई खुकुरी प्रहार गरेको बताएका छन । 
विज्ञप्तीमा लेखिएको छ बुधबार राती नेपाली कांग्रेस बडिगाड गाउँकमिटि उपसभापती अर्जुन कुमार पाइजा सहित १५ जनाको हतियार सहितको समूहले बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, नेकपा एमाले तर्फबाट बडिगाड गाउँपालिका अध्यक्षका उम्मेदवार राजन कुमार पाइजा, गणेश पाइजा, निमेश आचार्य, किरण सुनार र चन्द्र पाइजालाई आक्रमण गरी घाइते बनाएको छ ।
खुकुरी प्रहारबाट गाउँपालिका उम्मेदवार राजन पाइजाको हातमा चोट लागेको छ भने चन्द्र पाइजाको हात भाँचिएको छ । अहिले चन्द्र पाइजा र अर्का घाइते गणेश पाइजाको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ । नेपाली काँग्रेसले पनि आफ्ना कार्यकर्ताहरु खाजा खाएर बसेको बेलामा नेकपा एमालेका उम्मेदवार सहितको टोलीले आग्रमण गरेको बताएको छ । 
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । रानाले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा ल्याएको जानकारी दिए । 

No description available.

प्रतिक्रिया