बागलुङ- शुक्रबार देखी जिल्लाको तेस्रो व्यापारीक केन्द्रको रुपमा रहेको गलकोटमा गलकोट साँस्कृतिक तथा खेलकुद महोत्सव २०७८ को सुरु भएको छ । महाेत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकालको प्रस्तुती रहेको छ ।
ड्रिम टिम गलकोटद्वारा गलकोटको मजुवाफाँटमा सञ्चालन भईरहेको महोत्सवमा शनिबार राष्ट्रिय कलाकार जुना श्रीषले दर्जनौ गित गाएर धमका नै मच्चाईन । श्रीषले आजमायाँ म सँग तरतर छ, सालैजो, वारीघुम्टे पारी गाजा, बाउलुङ बजार लगायतका दर्जनौ गित गाएर दर्शकलाई नचाएकी थिईन । श्रीस सँगै गायक पारु गुरुङ लगायतका स्थानिय कलाकारको सांगितित प्रस्तुत रहेको थियो ।
आईतबार देखी गलकोट डान्स आइडल, गलकोट डान्स च्याम्पिएन लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने आयोजकले जनाएको छ । ११ दिन सम्म चल्ने महोत्सवमा गलकोटमै पहिलो पटक सर्वोत्कृष्ट पुरस्कार राशिको पालिका स्तरिय भलिबल प्रतियोगिता, रत्यौली गित प्रतियोगिता, गलकोट डान्स च्याम्पिएन, गलकोट आइडल, दरम खोलामा माछा छोप्ने प्रतियोगिता, कालिलेख दौड प्रतियोगिता, माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता लगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको संचालन हुने ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेको बताए । सास्कृतिक कार्यक्रम लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेलले संचालन गरेका थिए ।
महोत्सवमा देखिएका अन्य केही झलकहरु । तश्विर नारायण रिजाल