• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • अर्थतन्त्र

बाढी प्रभावित क्षेत्रको लागि बागलुङ नगरपालिकाको ५ लाख सहयोग

  • भदौ ११, २०८३

बागलुङ । बागलुङ नगरपालिकाले भोटेकोशीमा आएकोे भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।  बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले  एक विज्ञप्ति जारी गर्दै विपद्का कारण ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन ।  साथै, बाढीमा परी बेपत्ता भएका नागरिकको शीघ्र खोजी तथा उद्धार र घाइतेको उपचारका लागि सवैले सहयोग गर्न आग्रह समेत गरेका छन । 
विज्ञप्तिमा विपद्को यस कठिन घडीमा राज्यका सम्पूर्ण अंग, सामाजिक संघसंस्था तथा आम नागरिकलाई उद्धार, राहत तथा सहयोगको कार्यमा जुट्न अपिल गरिएको छ । नदी तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने र यात्रा गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । विपद्बाट पीडितको पीडामा सिंगो देश एकजुट हुनुपर्ने उल्लेख गर्दै नेपाल सरकारको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जनाइएको छ ।
नगरपालिकाले विपद्पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग, समन्वय र ऐक्यबद्धताका लागि सधैं तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ । यस अघि पनि बागलुङको काठेखोला गाउँपालिकाले २ लाख रुपैयाँ ताराखोला गाउँपालिकाले २ लाख र जैमिनी नगरपालिकाले १ लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।  
प्रदेशस्

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय