आगामी पौषको दोस्रो साता देखी आठौं बागलुङ महोत्सव

  • मङ्सिर ५, २०८२

बागलुङ- आगामी पौषको दोस्रो साता देखी आठौं बागलुङ महोत्सव संचालन हुने भएको छ । महोत्सवको को तयारी तिब्र पारिएको छ । बागलुङ उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा संचालन हुने महोत्सवको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । बिहीबार बागलुङमा पत्रकार भेटघाटको आयोजना गरी महोत्सवको तयारीबारे जानकारी गराएको हो । २०५९ सालदेखि बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको महेत्सव यस पटक पर्यटन, कृषि, औद्योगिक व्यापार मेला एवम् आठौ बागलुङ महोत्सव– २०८२ को रुपमा आयोजना गर्न लागिएको हो ।
 कला संस्कृतिको संरक्षण, पर्यटन तथा कृषी उद्योग तथा व्यापारको प्रवद्र्धन भन्ने जिल्लाको मूल नारालाई आत्मसाथ गर्दै र परम्परालाई निरन्तरता दिदै आयोजना गर्न लागिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए । महोत्सव पौष ११ गते देखि २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवले स्वदेशी उद्योग, व्यवसायको सम्बद्र्धन अर्थतन्त्रलाई राष्ट्रिय आ–आफ्नो क्षेत्रबाट साथ र सहयोग पु¥याउनुका साथै नेपाल सरकारले लिएको नेपाल भ्रमण वर्ष २०२५ लाई सभ्य र भव्य रुपमा सम्पन्न सहयोग गर्ने आयोजकको विश्वास छ ।
 बागलुङ नगरपालिका—१ बाँगेचौर खेलमैदानमा हुने महोत्सवमा डेढसय देखि दुई व्यापारिक स्टल रहने आयोजकले जनाएको छ । ८ लाख दर्शकले अवलोनक गर्ने आंकलन गरिएको महोत्सवमा एक करोड ७० लाख खर्च हुने अनुमान गरिएको छ । ‘हामीले स्पोन्सर टिकट विक्री लगायत गरेर दुई करोड २० लाख आम्दानी गर्ने र एक करोड ७० लाख खर्च गरेर ५० लाख जोगाउने लक्ष्य राखेका छौं,’उनले भने,‘त्यसबाट पाँच लाख बागलुङ उद्योग वाणिज्य संघको सदस्य कल्याणकारी कोषमा पाँच लाख रुपैयाँ राख्ने, अक्षय कोष निर्माण उद्योग वाणिज्य संघलाई संस्थागत र मजबुद बनाउनका लागि खर्च गर्नेछौं ।’
 बचत रकमबाट बागलुङ बजारमा सिसि क्यामरा जडान एवं मर्मत कार्यलाई निरन्तरता दिने, बजारमा तथा नयाँ जडान गर्ने,  बागलुङ कोसेली घर सञ्चालनका लागि खर्च गर्ने, मानवसेवा आश्रमलाई प्रतिटिकट १० रुपैयाँको दरले सहयोग गर्ने, खेलकुद कोष स्थापना गर्ने, जिल्लाभर हुने महिला, लघुउद्यमी, कृषकलगायतले उत्पादन गरेका स्थानिय सामग्री संकलन एवं बिक्री गर्ने लक्ष्य राखिएको छ । 
महोत्सवको अवसरमा जिल्ला र प्रदेशका विभिन्न पर्यटकिय स्थलको वृत्तचित्र प्रदर्शनी, टिकटक च्यालेन्ज, फोटो प्रदर्शनी, हाईकिङ टुर प्याकेज, मेड इन बागलुङ कक्ष स्थापना गरी स्थानीय उत्पादनको प्रवद्र्ध गर्ने, सुन्तला प्रवद्र्धन, माछाको प्रवद्र्धन, होम स्टे कनेक्सन (स्थानीय खाना र पर्यटन प्रबद्र्धन),  प्रदेश भित्रका नमुना होमस्टेहरुका परिकार र झाँकीहरु प्रर्दशनी गर्ने, औद्योगिक उत्पादन, सेवाहरुको प्रदर्शन एवम् विक्री–वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।  महोत्सवमा वित्तीय संस्थाहरुको स्टल प्रदर्शनी, कृषि मेला, रैथाने बाली एवं पशुजन्य उत्पादनको प्रदेशन एवं विक्री। सूचना प्रविधि सम्बन्धी परामर्श, प्रदर्शनी र विक्री, हस्तकलाका सामानहरुको प्रदर्शनी एवम् बिक्री गर्ने योजना राखिएको छ ।
 महोत्सवमा कृषि, घरेलू, वन पैदावार,, जडीबूटी, लघु–उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी तथा बिक्री–वितरण, विभिन्न जात–जातिका खानाका परिकार तथा रेष्टुरेण्टहरु, गण्डकी प्रदेश विभिन्न संस्कृतिहरुको फोटो तथा धार्मिक, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, अटो मोबाईल तथा हेभि इक्वीपमेन्टका स्टलहरु रहनेछन् । त्यसको अलावा साहसिक पर्यटकिय खेलहरुको प्रतियोगिता र सहभागीता, खुल्ला राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, खुल्ला प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुद्वारा बिबिध सांगीतिक कार्यक्रम,  पन्चेबाजा प्रदर्शनी÷प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । 
त्यसैगरी आर्चरी तारो हान्ने प्रतियोगिता, भाले छुने प्रतियोगिता, लठो तान्ने खेल, घैटोफोर कार्यक्रम, प्रदेश स्तरीय पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, सामुहिक नृत्य प्रतियोगिता,  बाल उद्यान (रमाइलो मेला) आकर्षणको रुपमा रहनेछन् । महोत्सवको तयारीसंगै प्रयोजक र सहयोगीहरुसंग छलफल अगाडि बढाएको अध्यक्ष शाक्यले बताए । पर्वत र बागलुङले अघिपछि गरेर महोत्सव गर्ने छलफल भए पनि अन्तिम समयमा आएर पर्वत समय जुधाएको उनको भनाई थियो । बागलुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नरेश कँडेलले महोत्सवले यहाँको अर्थतन्त्र चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 
बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजकहरुको बारेमा प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी गराएका थिए  । बागलुङ उद्योग वाणिज्य संघका महासचिव इन्द्रमणि पौडेल अर्जुनले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले धन्यवाद ज्ञापन गरेका थिए । 

 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय