बागलुङ ! बागलुङ प्रहरीले अवैध काठ ओसारपसार गरिरहेको ट्रक नियन्त्रणमा लिई तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार शनिबार बिहान काठेखोला गाउँपालिका–६ मध्यपहाडी लोकमार्गको किमबोट क्षेत्रमा अवैध रूपमा काठ ओसारपसार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी दोबिल्लाको संयुक्त टोलीले ट्रक नियन्त्रणमा लिएको हो।
प्रहरीले ना ५ ख २३७६ नम्बरको ट्रकमा लोड गरी ओसारपसार गरिँदै गरेको चिलाउने, उतिस र मौवा जातका काठ, बरामद गरेको प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
पक्राउ परेका तीन जनालाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय बागलुङ पठाइएको जनाएको छ ।