गलकोटको हटियामा चोरी र तोडफोड

  • भदौ २५, २०७८

बुधबार मध्यरातमा गलकोट नगरपालिका वडा नम्वर ३ हटिया बेसीमा एक घरमा चोरी भएको छ । गलकोट नगरपालिका वडा नम्वर ३ का स्थानीय तेज बहादुर बोहोराको पक्कीघरमा चोरी भएको हो । हिन्दु नारीहरुको तीजको अबसरमा सबैपरिबार जम्मा हुने भनेर बोहोराफाँटमा रहेको घरमा गएको समय पारेर चोरी भएको हो ।
म करिब ७ बजे पछि घरका सबै कोठा बन्द गरेर बाहीर बिजुली बालेकै अबस्थामा बोहोराफाँट घरमा गएको थिए, तेज बहादुर बोहोराले भने,‘बिहान आउदा घरका सबै कोठाका ताला तथा दराज सुडकेश लगायतका सामग्री फोरेर चोरी भएको थाहा भयो ।’ बोहोराको घरबाट करिब ८ तोला बराबरका सुनका गरगहना र १ लाख ५० हजार नगद चोरी भएको बोहोराको भनाई छ । नगद सहित बेरुवा औठी, हार, मंगलसुत्र, सादा औंठी, माईली तिलहरी, तथा झुम्का चोरी भएको छ । 
घरमा मानिस नभएको समय मिलाएर चोरी भएको र चोरी गर्ने ब्यक्तीले रडको गल प्रयोग गरी चाबी फोडेकोे गल कोठामा फेला परेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायव निरिक्षक बाबुराम पुरीले जानकारी दिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया