नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत शनिबार गाउँ नगरपालिकाको अधिवेशन सुरु भएको छ । जिल्लाको दश वटै स्थानिय तहमा अधिवेशन उदघाट्न भै केही स्थानिय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने केही स्थानिय तहमा आईतबार निर्वाचन हुँदै छ । जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाको नगर अधिवेशनको उदघाट्न गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य रत्ना शेरचनले काँग्रेसलाई बलियो र जागरुक बनाउनका निम्ती अधिवेशनहरु समयमा नै हुन जरुर रहेको बताईन ।
उनले अधिवेशनको महोलले अहिले गाउँगाउँमा काँग्रेसको जुरमुराएको बताईन । शेरचनले पार्टी भित्र कुनै पनि तिक्तता नराखी सवै तहका अधिवेशनलाई सम्पन्न गरी आगामी निर्वाचनमा होमिन कार्यकर्तालाई आग्रह गरिन । ‘हामी आन्तरिक प्रतिस्पर्धा भन्दा पनि विपक्षी दल सँग कसरी प्रतिस्पर्धा गर्ने भन्नेमा सोचौं । शेरचनले भनिन् निकट भविश्वमा आम निर्वाचन हुँदै छ । यो बेला सवै एक हुन जरुरी छ । पछिको नतिजा हाम्रो पाल्टेमा पार्नका निम्ती अहिले नै कोही कसै सँग तिक्तता नराखी अगाडी बढ्न जरुरी रहेको छ ।’ उनले सवै पालिकामा नेता तथा कार्यकर्ता मिलेर सर्वसम्मतको पहल थाल्नुपर्ने बताईन ।
कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य किरणराज पौडेलले पार्टीको अधिवेशन एउटा नयाँ नेतृत्व स्थापनका निम्ती मात्र रहेको र कोही कसै सँग प्रतिस्पर्धा नरहेको हुँदा सवै मिलेर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका पार्टी सभापति दिपेन्द्र बहादुर थापा, निवर्तमान सभापती एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल, पुर्व सभापति हरिप्रसाद श्रेष्ठ, पुर्व राज्यमन्त्री चम्पादेवी खड्का, महासमिति सदस्य जगदिचन्द्र उपाध्याय, जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, क्षेत्रीय सभापति चिरञ्जीवी गौतम, नेपाल महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, महिला संघका जिल्ला अध्यक्ष शकुन्तला शर्मा महिला संघ बागलुङ नगर सभापति पिंगला जिस लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम काँग्रेस बागलुङ नगरपालिकाका नगर सभापति महेन्द्र आचार्यको अध्यक्षता नगर सदस्य माधव प्रसाद शर्माको स्वागत र कोषाध्यक्ष प्रमिला राजभण्डारीको संचालनमा सम्पन्न भएको छ । अधिवेशनको नयाँ नेतृत्वका लागि उमाकान्त शर्मा बाबु र कर्णबहादुर हमालले उम्मेदारी दिएका छन । शर्मा नेपाल तरुणदल बागलुङ अध्यक्ष समेत हुन भने उनले बागलुङमा तरुणदलको संगठनलाई ७० भन्दा बढि वडाहरुमा संगठन विस्तार गरेर सक्रिय बताएका थिए । त्यसैगरी अर्को सभापतिका उम्मेदवार हमाल लामो समय शिक्षण पेशामा संलग्न भै नेपाल शिक्षक संघ हुँदै अन्य विभिन्न संस्थामा काम गरेका हुन । बागलुङ नगरपालिकाको उपसभापतिका लागि कुल प्रसाद पौडेल, डिल्ली गौतम, प्रदिप गौतम, नारायण पौडेल र निरबहादुर थापाको उम्मेदवारी परेको छ । सचिवका लागि अर्जुन घिमिरे, आशिष राजभण्डारी, कृष्ण शर्मा र मिन बहादुर केसी मिलनको उम्मेदवारी परेको मतदान अधिकृत अखिलनाथ शर्माले जानकारी दिए । नगरको नयाँ नेतृत्वको लागि सह–सचिवमा कमल बोहोरा, जिवनाथ गौतम, प्रकाश किसान, विदेश कुमार श्रेष्ठ र सञ्चय पौड्यालको उम्मेदवारी परेको छ । अन्य सदस्यहरु निर्विरोध चयन भए पनि पदाधिकारीमा भने आईतबार विहान ८ बजे देखी निर्वाचन प्रक्रिया अगाडी बढाईने निर्वाचन अधिकृत शर्माले बताए । नगरपालिकामा एक सभापति, २ उपसभापति, २ सचिव र २ सहसचिव पदाधिकारी बन्ने प्रावधान रहेको छ । त्यसैगरी निर्वाचित सदस्यबाट कोषाध्यक्ष मनोनित गरिने छ । उदघाट्न सत्रमा नेकपा एमाले परित्याग गरी दर्जनौ कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । बागलुङ नगरपालिका सँगै जिल्लाको जैमिनी नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका बडिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा आईतबार निर्वाचन हुने भएको छ । जैमिनीमा सभापतिका लागि प्रेम प्रसाद सापकोटा र काशिराम आचार्य विच प्रतिस्पर्धा हुने निश्चित भएको छ भने गलकोटमा नारायणध्वज मल्ल, मुकुन्द भन्डारी र बिरजङ भन्डारीको त्रिपक्षिय प्रतिस्पर्धा हुने निश्चित भएको छ । त्यसैगरी सचिवमा लोकनाथ कडेल, हेमराज गैरे , वीर बहादुर बोहोरा, योगेस भण्डारी , चिरञ्जीवी मरासिनी,टिकाराम गौतम , ज्ञान बहादुर श्रीस द्वारा उम्मेद्बारी दर्ता गरायका छन । बाकी पदका लागि सहमति मै नतिजा आउने सम्भावना रहेको छ । निर्वाचन समितिले आईतबार विहान ७ बजे देखी निर्वाचनको कार्यक्रम अगाडी बर्ताको निर्वाचन अधिकृत अधिकृत माया पौडेलले जानकारी दिईन । बडिगाड गाउँपालिकामा पनि अर्जुन खरेल, मौसमकाजी क्षेत्री र कृष्ण गुरुङको उम्मेदावरी परेको छ भने ढोरपाटन नगरपालिकामा धनबहादुर कायत कल्याण र दिपक अदैको उम्मेदारी परेको छ ।
निसीखोलाको सभापतिमा सूर्यबहादुर घर्ती सर्वसम्मत
नगर गाउँको अधिवेशन सुरुवात सँगै जिल्लाको पश्चिम निसीखोला गाउँपालिकामा भने सूर्यबहादुर घर्ती सर्वसम्मत रुपमा चयन भएका छन । घर्ती निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समेत हुन । घर्ति सँग वडा नं. १ का अध्यक्ष एवं वर्तमा सभापति इन्द्रबहादुर मल्ल सभापतमिा आकंक्षा गरे पनि मल्लेले घर्तिलाई साथ दिएपछि सभापतिमा सर्वसम्मत भएको मतदान अधिकृत प्रेमबहादुर रोकाले जानकारी दिए । नवनिर्वाचित घर्ती २०४६ सालदेखि सक्रिय राजनीतिमा रहेका छन । सभापतिमा सर्वसम्मत रुपमा चयन भए पनि अन्य पदाधिकारीका लागि भने सहमति जुटाउने प्रयास भई रहेको रोकाको जानकारी दिए । सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने जिल्लाकै पहिलो पालिको हो ।
काठेखोलामा यामदत्त कंडेल
नेपाली काँग्रेस काठेखोला गाउँपालिकाको सभापतिमा यामदत्त कंडेल सर्वसम्मत भएका छन । काठेखोला गाउँपालिका ३ तंग्रामका कंडेल यस अघि सोही वडाका सभापति थिए । गाउँपालिकाको उपसभापतिमा गौरीशंकर शर्मा, खड्क बहादुर कार्की , सचिवमा देवेन्द्र खड्का, चन्द्रकुमार पुन, सहसचिवमा महेन्द्र पुन र हरिकला थापा लगायत सम्पुर्ण सदस्य सर्वसम्मत चयन भएको मतदान अधिकृत घनश्याम कंडेलले जानकारी दिए । सर्वसम्मतका लागि धेरै प्रयास गर्दा पनि सहमती नजुटेपछि कार्यदल गठन गरी सहमती जुटाईएको थियो ।
तमानखोला काँग्रेस सभापतिमा लिलाकुमार छन्त्याल
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट तमानखोला गाउँपालिकामा सर्वसम्मति रुपमा नेतृत्वमा चयन भएको छ । शनिबार सम्पन्न गाउँपालिकाको अधिवेशनमा सभापतिमा लिलाकुमार छन्त्याल सर्वसम्मत चयन भएका हुन । समितिको उपसभापति खिमबहादुर छन्त्याल र गार्खबहादुर घर्ती, सचिव तेजेन्द्र कुमार पुन, अनिस सिर्पाली र सहसचिव लिला छन्त्याल र प्रेमबहादुर पुन मगर चयन भएको निर्वाचन अधिकृत वसन्त घर्ती मगरले जानकारी दिए । छन्त्याल सहित खिम छन्त्याल र धर्म घर्ती गरि तीन जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका थिए । दुई जनाले साथ दिएपछि सभापतिमा छन्त्याल चयन भएका हुन ।
ताराखोलाको सभापतिमा कमलापती पाठक
नेपाली काँग्रेस ताराखोला गाउँपालिकाको सभापतिमा कमलापती पाठक सर्वसम्मत निर्वाचित भएका छन । समितिको उपसभापतीमा शशिकला घर्तिमगर, श्यामभक्त कंडेल सचिवमा खेमराज गैरे र नवराज सुवेदी सहसचिवमा प्रेमलाल नाइसा र कमलापती सापकोटा चयन भएको मतदान अधिकृत बमबहादुर घर्तिले जानकारी दिए ।
जिल्लाका १० स्थानिय तह मध्ये ४ वटा स्थानिय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ भने ६ वटा स्थानिय तहमा आईतबार निर्वाचन प्रक्रियामा आगाडी बढेको छ ।