पत्रकार रामबहादुर जि.सी.लाई मातृ शोक

  • साउन २०, २०८३

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष एव आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरि जागरण दैनिकका प्रधान सम्पादक पत्रकार राम बहादुर जिसीलाई मातृशोक परेको छ । बागलुङ को पत्रकारिता क्ष्क्षेत्रको विकासमा योगदान पु¥याउदै आ जिसी परिवार मातृशोकमा डुबेको हो ।

जिसीकी आमा नन्दकुमारी जि सीको बुधबार विहान काठेखोला गाउँपालिका–७ रेश कमेरेखोल्सा स्थित आफ्नै निवासमा निधन भएको हो ।

विस २००० साल फागुन १५ गते धम्जा माझकटेरामा जन्मनुभएको स्वर्गीय माता नन्द कुमारी घर्ति क्षत्रीको ८३ वर्षको उमेरमा निधन भएको हो । क्षत्री रेश स्थित रन बहादुर जिसीसंग बैबाहिक जिवनमा बाँधिएकी थिईन ।

नन्द कुमारीको स्वास्थ्य अवस्था जटिल बनेपछि दुई हप्ता पोखरास्थित गण्डकी मेडिकल कलेजमा सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उपचारपछि सामान्य अवस्थामा घर ल्याइएकोमा बुधबार बिहान नौ बजे निधन भएको परिवार स्रोतले जनाएको थियो ।स्वर्गिय जिसीकी बुहारी हुमा कुमारी जिसी अन्जु आदर्श संचार सहकारी बागलुङको अध्यक्ष छन भने नाती रोहन जिसी पनि धौलागिरी जागरण दैनिक र आदर्श अनलाईमा सक्रिय रहेका छन ।

प्रतिक्रिया