परिवार सँग निराले भनेकी थिईन यसपाली म्याग्दी त आउँछु, घरमा आउँदिन

  • माघ २, २०७९

बागलुङ - काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेकी लोक गायिका निरा छन्त्याल आईतबार छन्त्याल समाज कास्कीले राखेको एक कार्यक्रममा आफ्नो प्रस्तुतीका लागि आएकी थिईन । भर्खर लोकदोहोरी क्षेत्रमा उदाउँदो ताराको रुपमा रहेकी छन्त्याल पछिल्ला समयमा मेला महोत्सव तथा कार्यक्रममा निकै सक्रिय र व्यस्त थिईन । 
विहान करिब १० बजे आमा लिला छन्त्याल सँग फोनमा कुरा गर्दै आफु पोखरा आउन लागेको समेत जानकारी गराएकी थिईन । माघेसंक्रान्तीमा घरमा आउन नपाएपनि पोखरा आउने कार्यक्रममा सहभागी हुने र आफन्त सँग रमाईलो गर्ने सुनाएकी थिइन । आईतबार पोखराको कार्यक्रम सकाएपछि निराले मंगलबार म्याग्दीको बेनीमा चलिरहेको म्याग्दी महोत्सवमा आफु जाने आमा लिला छन्त्याल सँग सुनाएकी थिईन ।  विमानस्थलमा जहाज कुरेको र उड्ने प्रतिक्षामा रहेको भन्दै यसपाली म्याग्दी महोत्सवमा त आउँछु आमा तर घर आउँदीन भन्दै फोन राखेकी थिईन । तर निरा साँच्चै कहिलै घरमा नआउने गरी अस्ताएकी छन । उनि न पोखरा नै आउन पाईन न म्याग्दी महोत्सवको कार्यक्रममा । लोक दोहोरी क्षेत्रमा भर्खर आफ्ना पाईला अगाडी बढाउँदै गरेकी निरा छम्किन नपाउँदै अस्ताएकी छन । 
    बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा २०५८ सालमा बाबा मनबहादुर छन्त्याल र आमा लिला छन्त्यालको कोखबाट जन्मिएकी निरा भर्खर लोक दोहोरी क्षेत्रमा निखारिँदै थिईन । विशेष त लाईभ दोहोरीमा अब्बल उनि सानै देखी यस क्षेत्रमा निकै रुचि राख्ने गरेको उनका भिनाजु घनश्याम घर्ति बताउँछन । दुर्घटनाको खबर पाएको र निरा परेको भन्ने सुनेपछि बाबु मनबहादुर सँगै पोखरा जाँदै गरेका घर्तिले निराको मृत्युको खबरले परिवार मात्र है सिंगो समाज नै स्तब्ध भएको बताए । ‘सानै देखी असल स्वभावकी थिईन । उनको इच्छा अनुसार नै लोकदोहोरी क्षेत्रमा लागेकी थिईन । घर्तिले भने,– विगत ४ वर्ष देखी काठमाण्डौमा नै बस्दै आएकी थिईन । अध्ययनलाई पनि सँगै अगाडी बढाउँदै लोकदोहोरी क्षेत्रमा सक्रिय भएकी उनि पछिल्ला समयमा मेला महोत्सवमा व्यस्त थिईन । अहिले पनि कार्यक्रममै आएकी थिईन सोच्दै नसोचेको घटना घट्यो ।’ निराले आफ्नै युबट्युब च्यानल मार्फत प्रत्यक्ष दोहोरी राख्ने गरेकी थिईन ।
निराले आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन्। ‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्छु,’ उनले लेखेकी थिइन्।
गायिका छन्त्यालको मृत्यु भएको जानकारी पाएसँगै पोखरामा आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाका सचिव नवीन घर्ती छन्त्यालले बताए । गाउँमा हुँदा पनि सांस्कृतिक कार्यक्रममा निकै सक्रिय हुने निरा पछिल्ला समयमा चर्चा बटुल्दै आएकी थिईन । उनले यसै वर्ष ‘संगीनी’ बोलको तीज गीत पनि गाएकी थिइन्। निराको शव बुझ्नका निम्ती बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वन सहित बाबु र भिनाजु पोखरा गएका छन भने काठमाण्डौबाट भाई पोखरा आएको परिवारीक श्रोतले बताएको छ  । 
नेपाल छन्त्याल समाज कास्कीले माघ १ गते अन्तर छन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगता राखेको थियो। आईतबार बिहान काठमाडौंबाट पोखरा उडेको एटिआर जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेससहित ७२ जना यात्रु सवार थिए । 
तश्विर ः विमान दुर्घटनामा परेको बागलुङकी लोक दोहोरी गायिका निरा छन्त्याल । 
 

प्रतिक्रिया