नेपाली काँग्रेसको वडा तहको अधिवेशन सकिए सँगै गाउँ नगरपालिकाको अधिवशेनको यतिबेला महोल तातेको छ । आउँदो शनिबार गाउँ र नगरपालिका तहको अधिवेशनको मिति तय गरिएको छ । अधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकामा पनि नगरको नेतृत्व कसले गर्ने भन्ने होडबाजी चलेको छ । ढोरपाटन नगरपालिकामा काँग्रेसको नेतृत्व हाक्नका लागि नेपाल तरुणदलका जिल्ला सदस्य धनबहादुर कायत ‘कल्याण’ले आफ्नो उम्मेदवारी नै घोषण गरेका छन भने अर्को युवा नेता दिपक कुमार अदै पनि आफु आकंक्षी रहेको बताएका छन । कायतले केही दिन पहिले सामाजिक सञ्जाल मार्फत आफुले ढोरपाटन नगरपालिकामा काँग्रेसको नेतृत्व गर्नेका लागि भन्दै उम्मेदवारी घोषणा गरेका थिए ।
जुझारु काँग्रेस निर्माणका निम्ती मेरो उम्मेदवारी ः कायत
नेपाल तरुणदलको वडा तहबाट नेतृत्व समाल्दै आएका धनबहादुर कायत ‘कल्याण’ हाल तरुणदल बागलुङको जिल्ला सदस्य हुन । ढोरपाटन नगरपालिका–७ बोबाङ गाउँमा जन्मिएका उनि लामो समय देखी नेपाली काँग्रेसमा सक्रिय राजनिति गरेका छन । स्थानिय भुजीखोला लघुजलविद्युतको अध्यक्ष र युवा विकास तथा वातावरण संरक्षण मञ्चको अध्यक्ष समेत भएका कायत ढोरपाटन क्षेत्रमा पाका पुस्ता र युवा पुस्ता विच लोकप्रिय छन ।
गत वर्ष ढोरपाटनको भुजीखोलामा आएको बाढिले विस्थापित परिवारका लागि राहत उद्धारका लागि समेत महत्वपुर्ण भुमिका निभाएका कायत ढोरपाटन क्षेत्रमा काँग्रेसको संगठनलाई बलियो र मजबुत बनाउनका निम्ती आफुले सभापतिमा उम्मेदवारी दिएको बताए । उनले नौ वटै वडामा आगामी निर्वाचनमा काँग्रेसको नेतृतव ल्याउने उद्देश्यका साथ आफु सभापतिमा दावि गरेको बताए । ‘पछिल्ला समयमा ढोरपाटन क्षेत्रमा कम्युनिष्टहरुको दबदबा बढ्दै गएको छ । उनले भने,– बढदै गएको कम्युनिष्टहरुको दबदबालाई चिर्नका निम्ती काँग्रेसको संगठन बलियो बनाउनु छ । जुझारु काँग्रेस निर्माणका निम्ती मैले सभापतिमा दावी गरेको हु ।’
उनले ढोरपाटन क्षेत्रमा पिछडिएको समुदायको पनि बसोबास हुने भएको हुँदा उनिहरुको आवाज बोल्नका निम्ती आफु नेतृत्वगर्न लागेको बताए । उनले आगामी स्थानिय तहको निर्वाचनमा ढोरपाटन नगरपालिका सहित सवै वडामा काँग्रेसको नेतृत्व ल्याउनका निम्ती संगठनलाई ससक्त बनाउने बताए । मैले सवै वडाका सभापति सँग समन्वय गरेर सवैको आग्रह अनुसार सभापतिका लागि उम्मेदवारी दिएको हुँ कायतले भने– ‘अग्रजलाई सम्मान गरेर नयाँ पुस्तालाई सँग सँगै हिडाएर सवैको मर्म अनुसार काम गर्ने छु । जिल्ला र क्षेत्र सँग समन्वयकारी भुमिका निर्वाह गरेर ढोरपाटनमा अब्बल काँग्रेस निर्माण गर्नेछु । उनले सवै वडाका टोल–टोलमा भातृ एवं सभेच्क्षुक संस्थालाई समेत सक्रिया बनाउने बताए ।
नगरपालिकामा हरेक क्रियाशिल सदस्य सँग साक्षतर गरी सुख दुःखमा काँग्रेस भएको आभास गराउन निमती आफ्नो उम्मेदवारी रहेको र सवैको सहयोग समेत अपेक्षा गरेको कायतले बताए ।
पाँच वर्ष सम्म झोला बोकेर संगठन गर्नेछु ः अदै
लामो समय विदेशमा बसेर गाउँमा नै केही गर्नपर्छ भन्ने सोचले बुर्तिबाङमा नै निर्माण व्यवसायीको काम गर्दै आएका अदै नेपाली जनसम्पर्क समिति कतारको कार्यसमितिमा बसेर काम गरेका थिए । अघिल्लो स्थानिय तहको निर्वाचनको समयमा गाउँ आएका अदै आफ्नै जन्मभुमिमा बसेर पार्टीको संगठन निर्माणमा लागेको बताउँछन । ढोरपाटन नगरपालिका–९ घर भै हाल बुर्तिबाङ बजारमा नै बस्दै आएका उनले आफु सभापति भए सँग ढोरपाटन क्षेत्रमा काँग्रेसलाई बलियो पार्टी बनाउन यो समयमा झोला बोकेर संगठन विस्तारमा लाग्ने बताए । उनले आफु विदेशमा बस्दा पनि काँग्रेसको संगठनमा सक्रिय भुमिका खेलेर काम गरेको हुँदा र सवैको चाहना अनुसार नगरपालिकाको नेतृत्वका लागि दाबि गरेको बताए । ‘म जहाँ रहँदा पनि काँग्रेसलाई नै कसरी बलियो बनाउने भन्नेमा सोच्दै आएको छु अदैले भने,‘ढोरपाटनमा नेतृत्व समालेले सवै वडामा आगामी निर्वाचनमा नेतृत्व समाल्ने छु । सवै वडामा भातृ एवं सुभेच्क्षुक संस्थालाई सक्रिय बनाउने छु ।’ अदैले बलियो र जुझारु काँग्रेस निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
ढोरपाटनमा पनि दुई समुहका बिच प्रतिस्पर्धा हुने देखिएको छ । वडा तहमा सर्वसम्मत भएको अधिवेशन गाउँ र नगरपालिका तहमा आउँदा छुट्टाछुट्टै समुहमा उम्मेदवारी दिएका छन ।