सहयात्रा बागलुङले पठायो भुकम्प प्रभावित क्षेत्रमा लत्ता कपडा

  • कार्तिक १९, २०८०

बागलुङ- सामाजिक क्षेत्रका क्रियाशिल संस्था सहयात्रा बागलुङले  भुकम्प प्रभावित क्षेत्रमा लत्ता कपडा र अन्य सामाग्री पठाएको छ । उद्धार राहत र सहयोगमा हातेमालो गर्ने उद्देश्यले बागलुङ बजारका विभिन्न फेन्सीहरुमा संकलन गरेर भुकम्प प्रभावित क्षेत्रमा पठाईएको हो । 
    शुक्रबार राति गएको भुकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका जनताका लागि यो जाडो मौसममा केही राहत पु¥याउनका निम्ती लत्ता कपडा संकलन गरी प्रभावित क्षेत्रमा पठाएको सहयात्रा बागलुङका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिईन ।
यस क्षेत्रका लागि बच्चाको ज्याकेट सहित अन्य कपडा, महिलाहरुका लागि साडी, पछ्यौरा, ज्याकेट, सुईटर, तथा पुरुषका सट पाईन्ट ज्याकेट र केही थान झोला, ओड्ने ओछ्याउने कपडा र चप्पल पठाईएको हो । बागलुङ बजारका विभिन्न व्यवसायी सँग सहयोग संकलन गरी झण्डै ३ सय बढि कपडा र अन्य सामाग्री उक्त क्षेत्रमा पठाएको अध्यक्ष शर्माले बताईन । 
संस्थाका संरक्षक जगदीशचन्द्र उपाध्याय, कोषाध्यक्ष भगवती केसी सहित संस्थामा आवद्ध अन्य सदस्यहरुको सक्रियतामा कपडाहरु संकलन गरिएको थियो ।  
राहत संकलन पश्चात तत्काल पिडित समक्ष पुगोस भन्ने उद्देश्यका साथ आईतबार नै भुकम्प प्रभावित क्षेत्रमा पठाईएको छ । संस्थाका सदस्य दिपक सुवेदीको नेतृत्वमा युवा विद्यार्थी नेता सुजन सापकोटा, डाक्टर सुलभ आचार्य र पवन आचार्य सहितको टोलि भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको कोषाध्यक्ष भगवती केसीले जानकारी दिईन । 
संस्थाले पहिलो चरणको सहयोग रुकुम पश्चिममा पठाएको छ भने आगामी दिनमा पुन संकलन गरेर जाजरकोट क्षेत्रमा पनि पु¥याउने अध्यक्ष शर्माले बताईन । यसका लागि  राहत संकलनको अभियान निरन्तर चलिरहेको जनाईएको छ ।  
 

प्रतिक्रिया