कोरोना संममणको दोस्रो चरणको कहरका कारण लामो समय देखि बन्द रहेको जिल्लाको बागलुङ नगरपालिका क्षेत्रका विद्यालयहरु असोज ४ गते देखि संचालन गर्ने निर्णय गरिएको छ । नगरपालिकाको नगर शिक्षा शाखाको आयोजनामा निजी तथा सामुदायिक बिद्यालयका प्रतिनिधी, जनप्रतिनिधी लगायतका सरोकारवाला निकायको संयुक्त बैठकले आगामी असोज ४ गते देखी देीनक चार घण्टा बिद्यालय संंचालन गर्ने निर्णय गरेको बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिए । औपचारिक रुपमा बिद्यालय खुल्ला गर्ने निर्णय गरेको भएपनि बागलुङ नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ नम्बर वडाका केहि बिद्यालयहरु केहि समययता संचालनमा आएका उनले बताए । जिल्ला कोभिड व्यवस्थापन समितिले यस अघि गरेको निर्णयमा विद्यालय संचालन गर्ने वा नगर्ने स्थानिय तहलाई नै अधिकार दिएको थियो ।नगरशिक्षा अधिकृत पोखरेलले भने,–‘सोही अनुरुप हामीले जिल्लामा कोरोना भाईरसको जोखिम कम हुदै गएको परिपेक्षमा बिद्यालय संचालन गर्ने निर्णय गरेको छौँ ।’ तर, बिद्यालयले खाजा खाने समय र बिहान र बेलुकाको प्राथना गर्ने अनुमति भने दिईएको छैन । नगरपालिकाले विद्यालय संचालन गर्दा एउटा डेस्कमा दुई जना बिद्यार्थी मात्र राखेर कक्षा कोठा संचालन गर्न आग्रह गरेका छ भने । एक कक्षा कोठामा कम्तीमा २० जना बिद्यार्थी र बिद्यार्थीको संख्याको आधारमा तीन सिफ्ट बनाएर मात्रै बिद्यालय संचालन गर्ने अनुमति दिईएको छ ।
बिद्यार्थी बिद्यालय हाता भित्र प्रवेश गर्दा अनिवार्य रुपमा गेटमा थर्मल गनबाट ज्वरो नापी, अनिवार्य रुपमा साबुन पानी तथा स्यानिटाईटर प्रयोग गर्नु पर्ने छ । त्यस्तै, बिद्यालयमा कुनै समस्या आएको खन्डमा अथवा केहि समस्या भएमा कुनै निर्णय गर्दा बिद्यालय व्यवस्थापन समितीलाई जानकारी गराई वडा शिक्षा समितीलाई जानकारी गराई बिद्यालय संचालन गर्ने वा बन्द गर्ने वा समय परिवर्तन गर्न सकिने बैठकले निर्णय गरेको छ । त्यसैगरि, बिद्यालयका शैक्षिक गतिबिधी र कार्यक्रमको जानकारी हप्तामा एक दिन अनिवार्य शिक्षा शाखा पेश गर्नु पर्ने नगर शिक्षा शाखा प्रमुख पोखरेलले बताए । जिल्लाको अन्य स्थानिय तहले केही विद्यालय सिमित समय मात्र संचालनमा ल्याएका छन ।