एमाले बागलुङ जिल्ला अधिवेशनको तयारीमा

  • चैत १७, २०८०

बागलुङ- नेकपा एमाले बागलुङले १० औँ जिल्ला अधिवेशन तयारीलाई तिब्र पारेको छ । आगमी चैत २९ र ३० गते सदरमुकाम बागलुङ बजारमा हुने अधिवेशनको तयारी तिब्र बनाएको छ । तयारी स्वरुप अधिवेशन गर्नको लागि विभिन्न १२ उपसमिति गठन गरेको छ ।


प्रतिवेदन लेखन, आर्थिक प्रतिवेदन, प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, खाद्यय तथा आवास, हल व्यवस्थापन लगायतका उपसमिति गठन गरिएको छ । डा. डिल्लिराज उपाध्ययको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

अधिवेशन सम्पन्न गर्नको लागि प्रतिनिधिहरुबाट एक हजार ५ सय (दलित र अल्पसंख्यको हकमा एक हजार), र पार्टी सदस्यहरुबाट एक सय, जिल्ला कमिटिका पदाधीकारी १० हजार, सचिवालय सदस्यबाट ५ हजार, जिल्ला कमिटिका लागि तीन हजारका दरले आर्थिक दायत्व निर्धारण गरिएको अध्यक्ष हिरा बहादुर केसीले बताए ।

प्रतिनिधि छनौटका लागि ८५ वटै वडा र जनवर्गिय संगठनको एकाईमा चैत २१ गते एक साथ प्रतिनिधि छनोट गरिनेछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।

अधिवेशनमा ६३७ प्रतिनिधि सहभागी हुने नेकपा एमाले बागलुङले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । चैत्र १५ गते नेकपा एमाले सचिवालय बैठकले पार्टी अधिवेशनका लागि जिम्मेवार फाडफाँड समेत गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । अधिवेशनपूर्व एमाले कार्यकर्ता र शुभेच्छुकहरुलाई तयार गर्न पार्टी नेताहरु वडादेखि टोल तहसम्म पुगिसकेको बताउँदै अधिवेशनको तयारीमा पार्टी लागेको छ ।

नयाँ नेतृत्व चयन गर्ने अधिवेशका लागि प्रतिनिधि छनौट मापदण्ड तयार गरिएको अध्यक्ष केसीले जानकारी दिए । केसीका अनुसार खुल्ला सदस्यका लागि १५ पार्टी सदस्य बराबर एक प्रतिनिधि, अल्पसंख्याक ५ बराबर १ प्रतिनिधि, दलित सदस्यका लागि ७ बराबर १ प्रतिनिधि वडा तहबाट छनौट भएर आउने मापदण्ड तयार गरिएको बताए ।

जनसंगठन मध्यबाट अनुसुचि १ मा पर्ने जनसंगठनबाट २ र अनुसुचि २ मा पर्ने जनसंगठनबाट १ जना प्रतिनिधि आउने व्यवस्था मिलाइएको छ । जिल्लाको समावेशी प्रतिनिधित्वलाई ख्याल गर्दै १ जना प्रतिनिधि हुँदा खुल्ला, प्रत्येक ३ मा १ जना महिला अनिवार्य, प्रत्येक ४ मा ४० वर्ष मुनिको युवा अनिवार्य र २ जना मात्र प्रतिनिधि हुँने हकमा १ जना महिला अनिवार्य प्रतिनिधि हुँने व्यवस्था मिलाइएको छ ।

जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु १३७ जना र पदेन सदस्यको रुपमा पालिका कमिटिका अध्यक्षहरु प्रतिनिधिका रुपमा रहनेछन् । अधिवेशनमा बागलुङ नगरपालिकाबाट १११, काठेखोला गाउँपालिकाबाट १०१, जैमिनी नगरपालिकाबाट ४९, बरेङ गाउँपालिकाबाट २६, गलकोट नगरपालिकाबाट ३६, ताराखोला गाउँपालिकाबाट १७, बडिगाड गाउँपालिकाबा ४३, ढोरपाटन नगरपालिकाबाट ४१, तमानखोला गाउँपालिकाबाट १४ र निसीखोला गाउँपालिबाट २२ जना प्रतिनिधिको रुपमा खुल्ला, अल्पसंख्यक र दलित वर्गमा प्रतिनिधि आउने छन् ।

जनवर्गीय संगठनबाट ३१ जना प्रतिनिधि आउने भएका छन् । सहभागी जम्मा प्रतिनिधि मध्ये दलित प्रतिनिधि १३०, अल्पसंख्याक प्रतिनिधि ५५ खुल्ला प्रतिनिधि २७४, जनसंगठन ३१ र आयोजक १४७ गरी जम्मा ६३७ प्रतिनिधि निर्वाचनमा सहभागी हुने एमाले बागलुङले जनाएको छ ।

प्रतिक्रिया