बागलुङ- सत्तारुढ दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रर्दशन गरेको छ । नेविसंघ बागलुङ र प्राविधिक विद्यार्थी परिषदको संयुक्त आयोजनामा शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङ अगाडी विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरेको हो । सरकारले पेट्रोलियम पदार्थ सँगै अन्य खाद्य पदार्थको पनि मुल्य बढाएको र आम उपभोत्ताको ढाड सेक्ने काम गरेको हुँदा यसको तत्काल फिर्ता गर्नको माग गर्दै प्रर्दशन गरिएको नेविसंघ बागलुङका जिल्ला सचिव श्रीकृष्ण पौडेलले बताए । हरेक वस्तुमा गरिएको मुल्यबृद्धि तत्कालखारेजगर्न माग गर्दै सरकार विरुद्ध प्रदर्शन गरिएको पौडेलले बताए । नेविसंघले सम्पुर्ण बिश्वबिद्धालयका परिक्षा बैकल्पिक बिधिबाट संचालन गर्न , निशुल्क पिसिआर परिक्षण जस्ता माग राख्दै जिल्ला प्रशासन कार्यलय अगाडी स्वास्थमापदण्ड प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले मुल्यबृद्धि फिर्ता गर, सम्पुर्ण नेपालीहरुलाई खोपको सुनिश्चित गर आछु आछु जाडो भो मुल्यबृद्धि जनतालाई घाँडो भो, निःशुल्क पिसिआर परिक्षण गर जस्ता प्लेकाड बोकेर प्रदर्शन गरेका थिए ।
प्रर्दशनमा नेपाल विद्यार्थी संघ बागलुङका सचिव श्रीकृष्ण पौडेल, युथ काँग्रेस बागलुङ संयोजक सुजन सापकोटा, प्राबिधिक विद्यार्थी परिषद् बागलुङका उपाध्यक्ष बलराम रिजाल सचिव सरोज रिजाल लगायतका विद्यार्थी नेताहरुले नेतृत्व गरका थिए । नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको छ ।