बागलुङमा मतगणना सुरु

  • मङ्सिर ६, २०७९

बागलुङ, । बागलुङमा मत गणना सुरु भएको छ । बागलुङको निर्वाचन क्षेत्र नम्बर १ मा दिउँसो ४ बजेर ३० मिनेटमा र क्षेत्र नम्बर २ मा ४ बजेदेखि मत गणना सुरु भएको हो ।

बागलुङको क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना भइरहेको छ । यस्तै क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङ नगरपालिका–२ मा रहेको बुर्तिबाङ नयाँ शहर आयोजनाको सभाहलमा मतगणना भइरहेको छ ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको एक स्थान र प्रदेशसभाको दुई स्थानमा मतगणना भइरहेको छभने क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभाको १÷१ स्थानमा मतगणना भइरहेको छ ।

बागलुङमा २ प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यको लागि ३१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

बागलुङका दुई प्रतिनिधिसभ सदस्य र चार प्रदेशसभा सदस्यको लागि ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् । बागलुङ क्षेत्र नम्बर १ मा बागलुङ क्षेत्र नम्बर १ मा अस्थायी मतदाता सहित ९७ हजार ४ सय ५८ मतदाता मध्य ५१ हजार ६ सय ६६ (५३.१ प्रतिशत) जनाले मतदान गरेका छन्भने क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ मतदाता मध्य ५१ हजार ३ सय ६९ (५३.७५ प्रतिशत)ले मतदान गरेका छन् ।

 

प्रतिक्रिया