ढोरपाटन नगरपालिकामा ६९ प्रतिशत मत खस्यो  

  • ब‌ैशाख ३०, २०७९

छविलाल पाण्डे- स्थानिय तहको निर्वाचन २०७९ आज देशभर सम्पन्न भएको छ । देशका केहि मतदान स्थलमा छिटफुट घटना बाहेक सामान्यतया सान्त पुर्वक मतदान सम्पन्न भएको हो । बागलुङ जिल्लाको १० वटै स्थानिय तहमा मर्यादित रुपमा निर्वाचन सम्पन्न भएको हो । 
निर्वाचन अवधिभर मौसमले समेत साथ दिएका कारण मतदातालाई मतदान प्रकृयामा सहजता भएको हो । जिल्लाको ढोरपाटन नगरपालिकामा १७६३० मतदाता मध्ये जम्मा १२ हजार १ सय ८६अर्थात ६९ दशमलब १३ प्रतिशत मत खसेको छ । जसमध्ये वडा नं. १ मा १६१२ मतदाता मध्ये ११४७ अर्थात ७१ प्रतिशत ,वडा नं. २ मा २१३९ मतदाता मध्ये १४८६ अर्थात ६९ प्रतिशत , वडा नं. ३ मा १९४१ मतदाता मध्ये  १२५२ अर्थात ६४ प्रतिशत ४ नं. वडा मा २७१३ मतदाता मध्ये १८६१ अर्थात ६८ प्रतिशत, वडा नं. ५ मा २१६५ मतदाता मध्ये १३८६ अर्थात ६४ प्रतिशत, वडा नं. ६ मा २३८४ मतदाता मध्ये  १६९६ अर्थात ७१ प्रतिशत मत खसेको छ । 
त्यसैगरी वडा नं. ७ मा कुल १४३५ मतदाता मध्ये १०४५ अर्थात ७२ प्रतिशत मत खसेको  हो   वडा नं. ८ मा १७२६ मतदाता मध्ये ७३ प्रतिशत अर्थात १२७६ र  वडा नं. ९ मा १५१५ मतदाता मध्ये ७० प्रतिशत अर्थात १०६५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । ढोरपाटन नगरपालिकामा ६९ प्रतिशत मत खसेको छ । 

प्रतिक्रिया