बागलुङ - मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाका प्रदेश सभा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम चलिरहेको छ । केन्द्रीय निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (क) बाट उम्मेदवारहरुको नाम सिफारिस गरिएको छ । प्रदेश क्षेत्रीय समितिले प्रत्यक्षमा ५ जना र समानुपातिकमा ११ गरी १६ जनाको नाम सिफारिस गरेका छ ।
प्रदेश क्षेत्रीय समितिले प्रत्यक्ष तर्फ जिल्ला सदस्य जगन्नाथ आचार्य, महाधिवेशन प्रतिनिधि युवा नेता विष्णु पौडेल (दारी) नेविसंघका पुर्व अध्यक्ष महेन्द्र प्रसाद कंडेल, भुपू सैनिक संघका जिल्ला अध्यक्ष क्या. हरिबहादुर भण्डारी र पुर्व महाधिवेशन प्रतिनिधि होमबहादुर हमालको नाम सिफारिस गरेको हो ।
प्रदेश सांसदकै लागि समानुपातिक तर्फ अमरबहादुर खत्री, कृष्ण शंकर श्रेष्ठ, चित्रबहादुर कार्की, दुर्गादेवी विक, पार्वती आचार्य, महेन्द्र आचार्य, लक्षुमायाँ पुन, शकुन्तला शर्मा, सावित्री खड्का, सिता देवी सापकोटा कंडेल, र ज्ञानकुमारी श्रीष कंडेलको नाम सिफारिस गरिएको प्रदेश सभाका क्षेत्रका क्षेत्रीय सभापति सन्तोष जिसीले जानकारी दिए । विहिबार नै नाम सिफारिस गर्ने गरी क्षेत्रीय समितिको बैठक बसे पनि काँग्रेस बागलुङले निर्धारण गरेको शुल्कको विवादले शुक्रबार मात्र उम्मेदवारी दर्ता गराएका थिए । काँग्रेस केन्द्रीय समितिले लेबी बाहेक कुनै पनि शुल्क नलिने भनेपनि जिल्ला तहमा विपि स्मृति भवन निर्माणको प्रक्रियामा रहेको हुँदा केही शुल्क निर्धारण गरेको थियो । प्रदेश सभा क्षेत्रले संघिय क्षेत्रलाई नाम सिफारिस गरेको सभापति जिसीले जानकारी दिए ।