बागलुङ - टन्न धनकमाउने ठुलो आशा, परिवार र आफ्नो ६ बर्षिया छोराको सुन्दर सपना बोकेर गत असोज ९ गते वैदेशिक रोजगारीका लागि कौशिला कुवेत पुगिन । विपन्न परिवारमा हुर्किएकी उनि सानै उमेरमा विवाह भए सँगै पारिवारिक जिम्मेवारी थपिएपछि उनिमा विदेशिनु रहर भन्दा पनि बाध्यता थियो ।
बागलुङको काठेखोला गाउँपालिका—७ लेखानीकी कौशिला विक विदेश गएपछि टन्न धनपैसा कमाउँछु र घरपरिवारलाई सुख सयलमा राख्छु भन्ने ठुलो इच्छा थियो । आफ्नो परिवारको उद्देश्यप्राप्तीका निम्ती कुवेत पुगेकी उनलाई आफ्नै आफन्तले ठुलो घात गरे । उनका आफन्त पुरन विकको सहयोगमा कम्पनीमा काम गर्ने भनि कुवेत पुगेकी उनलाई त्यहाँ पुग्दा घरेलु कामदारमा रुपमा आफु पुगेको पत्तै भएन । जब घरेलु कामदारको रुपमा उनले काम गर्न लागि गएको २ हप्ता मै तिन ठाउँमा काम फेर्नुप¥यो अनेक प्रवोलन गरेर उनलाई विभिन्न हिंसात्मक क्रियाकलाप गर्न खोजियो ।
अपरिचित पुरुषले मुख थुन्यो प्रतिकार गरे
काम फेरिए पनि अर्कोको देशमा जिम्मेवारी ढंगले उनले काम गरिरहेकी थिएन । काम गरेर फर्किर कोठामा सुतिरहेको अवस्थामा एक दिन उनलाई अपरिचित पुरुषले उनको मुख थुन्यो । हातभरी कुवेती पैसा बोकेका अधबैशे पुरुषले उनलाई अनेके प्रलोवन देखायो । मैले भनेको मान चाहिएको जति पैसा दिन्छु भन्यो जब त्यो पुरुषको अंग्रेजी भाषमा यो शब्द भनेको उनले बुझिन आंग जिरिंग भयो । अब म हिंसामा पर्दैछु भन्ने भयो । आफु कसरी हुन्छ यो बाटोबाट जोगिने निधो गरिने । उनले शरीरमा भएभरको बल लगाएर प्रतिकार गरिन् । आफूलाई अँठ्याउन खोजेको पुरुषलाई ढोकाबाट बाहिर धकेल्न सफल भईन् । हतार–हतार कोठाको चुकुल लगाइन र आफूलाई बचाइन् । त्यसपछि बल्ल पत्तो पाईन म अब हिंसामा पर्दैछु । यहाँबाट जोगिनुपर्छ, पहिला आफ्नो जिवन हो अनि मात्र पैसा । ‘पैसा मात्र हेरेको भए त कमाई हुन्थ्यो होला तर इज्जत सबै गुम्ने थियो म नेपाल फर्कने पनि थिएन होला, कौशिलाले विलौना गर्दै भनिन्—‘मेरै आँखा आगाडी एक नेपाली दिदि कुवेतको ९ सयमा बेचिएको देखे यसले मेरो मन झनै छियाछिया भयो, मैले कैयौँ नेपाली दिदी बहिनीहरुले दुःख पाएको देखे अब म एक छिन पनि यहाँ बस्नु हुँदैन भन्ने सोचेर म नेपाल फर्किने निधो गरे ।
कम्पनीमा काम भनेर घरेलु काममा लगाईयो
कौशिलाले जब घर मालिकले उनलाई त्यस्तो व्यवहार गरेपछि नेपाल फर्किने मनसायले घरपरिवारसँग कुराकानी गर्न थालिन् । ‘नेपाल रहँदा सरसफाईका लागि कम्पनीको काममा जाने हो भने, विमानस्थल पसेपछि बल्ल डकुमेण्ट दिए, दुईथरी डकुमेण्ट दिएका थिए, उता देखाउने र यता देखाउने दुईथरी भनेर, हामीलाई दिएको कागजमा कुवेतको भिजिट भनेर लेखिएको थियो।’ कौशिलाले भनिन्,‘नेपालकै विमानस्थलमा दुईथरी डकुमेण्ट, भिजिट भनेर होटलसमेत बुक गरेको कागज देखेपछि नजाने भनेकी थिएँ तर एयरपोर्टमै बसेका एजेन्टले फर्किन दिएनन्, कुवेत पुगेपछि कम्पनीको प्रतिनिधि आएर लिएर गयो । घरेलु काममा लगायो । केही दिन काम राम्रै थियो, ठाउँ फेरिदियो र हिंसाको प्रयास भयो ।’ उनले आफुलाई व्यक्ति भन्दा पनि म्यानपावर मार्फत विदेश जानु उपयुक्त हुन्छ भन्ने कुरा समेत थाहा नभएको बताईन ।
आप्रवासी श्रोत केन्द्र मार्फत नेपाल फर्किन सफल भईन
कौशिला जब उनि आफु अब हिंसामा पर्ने बुझेपछि यसबाट जोगिन नेपाल फर्कने निधो गरिन र उनलाई पठाउने दलालाई म नेपाल फर्कन चाहन्छु भनिन् । दलालले नेपाल फर्किन चाहे सवै पैसा आफै बेहोरेर आउनुपर्ने बताएपछि कौशिलालाई झनै समस्या बल्झियो । ‘घरेलु कामदारको रुपमा त कयौं चेली बेचिएका पनि रहेछन, अब म यहाँ बेचिनुहुँदैन भन्ने सोचे, जसरी भएपनि नेपाल फर्किनुपर्छ भन्ने सोच बनाए उनले भनिन्—‘नेपालमा मलाई कुवेत पठाउने दलाल सँग सम्पर्क गरे उसले वास्ता गरेन घरपरिवारलाई खबर गरे त्यसपछि नेपाल आउने वातावरण बन्यो । उनले परिवार र स्थानिय जनप्रतिनिधिको पहलमा बागलुङमा रहेको आप्रवासी श्रोत केन्द्र मार्फत नेपाल फर्किन सफल भएको बताईन ।
जिउँदो हैन मरे लाश ल्याउन पहल गर्छु भन्यो
‘मैले दलाललाई फोन गरे, मलाई यहाँ काम गर्न गाह्रो भयो, कि मलाई नेपाल फर्काउ होइन भने चार तला माथि छु, हामफालेर मर्छु तँ पर्छस् भने,’ कौशिलाले भनिन् ‘दलालको जवाफ तलाई जिउँदो हैन मरे लाश ल्याउन पहल गर्छु भनेर फोन राखिदियो ।’ यति भनिरहँदा अर्को दिन उनको मोबाईल खोसियो । मेरो मोबाईल खोसेपछि एक जना नेपाली दिदीको मोबाइलबाट घरमा आमासँग कुरा गरेँ’ उनले भनिन् । बन्द कोठमा बिना काम राखेर मानसिक तनाव मात्रै दिने गरेको थियो ।
मोबाईल खोसिएपनि पनि आफ्नो वाट्वप खोलेर नेपालमा घरपरिवार र आफन्त सम्म सम्पर्क गरिन । आफना कागजात उनि सँग सुरक्षित रहेको हुँदा आफ्नो परिवार र स्थानिय जनप्रतिनिधिलाई उनले सवै कागजात पठाईन । ‘मैले पहिले नै पासपोर्ट बनाउँदा आउँदा आप्रवासी श्रोत केन्द्रको निर्मला मेडमले सवै डकुमण्ट फोटोकपी गरेर घरमा राख्नु भन्नुभएको थियो । सोही अनुसार मेरो वाट्सवपमा सेभ गरेर राखेकी थिए । कौशिलाले भनिन् पासपोर्ट बनाउँदा कोरिया जाने भनेर ढाँटेर बनाए धन्न सवै डकुमेण्ट सुरक्षित हुँदा सहज भयो, उहाँले त्यो नभनेको भए म सँग कुनै पनि कागजान हुनेथिएन होला म उतै अलपत्र पर्ने थिए होला । उनले परिवार सँग सम्पर्क भए पछि आप्रवासी श्रोत केन्द्र बागलुङमा सम्पर्क गरेर सवै कागजात पठाएको बताईन । आप्रवासी श्रोत केन्द्रले सवै निकायमा खबर ग¥यो र कौशिला दशैको दिन सकुशल नेपाल फर्किईन । उनले आप्रवासी श्रोत केन्द्रबाट दिएको हौसलाका कारण नै सहज ढंगले नेपाल फर्किन सफल भएको बताउँछिन ।
समयमा नै सचेत हुँदा सकुशल उद्धार गर्न सकियो
कौशिला आफु सचेत हुँदा सकुशल उद्धार गर्न सफल भएको आप्रबासी श्रोत केन्द्र बागलुङका परामर्शदाता गंगा शर्मा रिजाल बताउँछिन । ‘उहाँ सचेत हुनुहुँदो रहेछ आफु अब फस्दै छु भन्ने पहिलै थाहा पाउनुभयो, हामी सँग समयमा सम्पर्कमा आउनुभयो रिजालले भनिन्—‘आवश्यक कागजात सबै उपलव्ध हुँदा उद्धारमा सहज भयो, स्थानिय जनप्रतिनिधि पूर्णमाया बिकको सहयोगमा हामी उहाँसम्म पुग्यौं, उहाँले रातभरी पनी म्यासेज गर्नुहुन्थ्यो,हामीले विदाको समय दिनरात नभनि उहाँको उद्धारमा जुट्यौं।’ वैदेशिक रोजगारीको विषयमा राम्रोसँग जानकारी नलिइ जाने र गइसकेपछि पनि फर्किन सक्ने बाटाहरुको विषयमा जानकारी नहुँदा धेरै नेपाली कामदार श्रम शोषण र हिंसाको शिकार हुने गरेको सामी कार्यक्रममा संयोजक मीनप्रसाद उपाध्यायले बताउँछन । सामी मार्फत परामर्श दिएता पनि पछि पर्ने अपठ्यारोका विषयमा नसोच्दा यस्ता समस्या आउने गरेको उपाध्यायको भनाई छ ।
कुवेत पुगेको २८ दिनमा नेपाल फर्किए
आफ्नै आफन्तबाट ठगिएर कुवेत पुगेको २८ दिनमा नेपाल फर्किएको कौशिलाले भने घरेलु कामदारको रुपमा कोही दिदीबहिनी खाडी नजान सल्लाह दिएकी छन । घरेलु कामदारको रुपमा कोही पनि नेपाली दिदिबहिनी खाडी मुलुक नजानु, त्यहाँ सवैको हालत खराव छ । उनले भनिन्, बरु यहाँको ढुँगा माटोमा दुःख गर्नु वेश अर्कोको शोषणमा परेर आफ्नो शरिर नै बन्धक राखेर जिन्दगी नै बर्वाद कसैले नपारौं । कौशिलाले अब भने कोरिया भाषा सिकेर विदेश जानै परे कोरिया जाने तयारी गरेको बताईन ।
दलाल मार्फत खाडी मुलुक जाने अधिकाशं नेपाली कौशिला जस्तै ठगिने गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ बताउँछन । श्रेष्ठले वैदेशिक रोजगारीमा जाने कोही पनि अलपत्रमा नपरुन भन्ने उद्देश्यले बागलुङ नगरपालिकाले जिल्ला प्रशासनमा आप्रवासी श्रोत केन्द्र संचालन गरेको बताए । श्रोत केन्द्रबाट परामर्श गर्दा सवै कुरा बुझाउँदा बुझाउँदै पनि विदेश गएर ठगिने, वन्धक र अलपत्र पर्ने नेपाली नागरिक धेरै रहेका छन ।