बागलुङ- गण्डकी प्रदेशकै महत्वपुर्ण र प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर क्षेत्रमा परम्परागत रुपमा लाग्ने चैत्राष्टमी मेला यस वर्ष पनि संचालन हुने भएको छ । ऐतिहासिक महत्व बोकेको चैत्राष्टमी मेला यही चैत्र १३ देखि चैत्र १७ गतेसम्म संचालन हुने बताईएको छ । मेलाको तयारी पुरा भएको आयोजक संस्था कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर्ष बडा दशै र चैत्राष्टमीको बेलमा बागलुङ कालिका मन्दिरमा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । त्यसै अवसरमा हरेक वर्ष झै यस वर्ष पनि नवरात्रको पहिलो दिन देखी नै मेलाको तयारी थालिएको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं मुल आयोजक समितिका संयोजक कुमार खड्काले जानकारी दिए ।
चैत्राष्टमीको समयमा कालिका मन्दिरमा स्वदेश तथा विदेशबाट लाखौंको संख्यामा भक्तजनहरु आउने पूजा, पाठ, पन्चबली, भाकल पूजा गर्ने गर्दछन । चैत्राष्टमीमा स्थानिय उत्पादनका सामाग्रीहरुको ठूलो संख्यामा प्रबर्द्धन र किनवेच हुने पर्वको रुपमा समेत लिईन्छ । चैत्रशुक्ल अष्ठमीका दिन अर्थात चैते दशैंमा बागलुङ कालिका भगवती मन्दिरमा बिशेष पूजा अर्चना हुन्छ । यो समयमा मन्दिर क्षेत्रमा चैते दशैंंको मेला लाग्छ । चैत्राष्टमी मेला गण्डकी प्रदेशकै ठुलो र महत्वपूर्ण मानिन्छ । यसको धार्मिक महत्व त छदैछ, यसले आर्थिक, समाजिक, सांस्कृतिक र राजनैतिक महत्व पनि राख्दछ ।
मेलाको अवसरमा राष्ट्रिय खुल्ला लोक तथा दोहोरी प्रतियोगिता, कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, स्थानिय लोक संस्कृति प्रर्दशन र रथयात्रा गरिने अध्यक्ष खड्काले बताए । मेलाकै अवसरमा रमाईलो मेला राख्नुका साथै १६० व्यापारिक स्टल र २२ वटा स्थानिय उत्पादको प्रर्वद्धनका निम्ती स्टलको व्यवस्थापन गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारी जानकारी दिए ।
मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहेने छ । मेला सम्पन्न गर्न करिव ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
परम्परादेखि कालिका मन्दिर परिसर क्षेत्रमा लाग्दै आएको मेलालाई बागलुङ बजारसम्म जोड्ने गरी क्रियाकलापहरु संचालन गर्ने तयारी गरिएको खड्काले बताए । मेलाको उद्घाटन गर्न गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आउने भएका छन । मेलालाई व्यवस्थित रुपमा संचालन गर्नको लागी आयोजक कालिका भगवती गुठी सहित सरोकारवाला निकाय तथा संघ सस्थाहरुसंग समन्वय र सहयोग रहने मेला आयोजक समितिले जनाएको छ । विषेश गरी कला संस्कृति, स्थानिय उत्पादन, व्यापार र धार्मिक पर्यटन प्रर्वद्धन गर्ने मुलाको मुख्या उद्देश्य रहेको छ ।