बागलुङ- सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा र प्रदेश सभाका साझा उम्मेदवारहरुले जनताका मन जितेर निर्वाचित हुने बताएका छन् । मंगलबार बागलुङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनीहरुले विगतको उपलब्धीहरुलाई संस्थागत गर्दै देशलाई आर्थिक उन्नती र विकासका गतिमा लैजानका लागि पाँच दलीय गठबन्धन बनको बताए । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभाका लागि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र प्रदेश सभा (क) का लागि काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्र बहादुर थापा र प्रदेश सभा (ख) का लागि काँग्रेस महाधिवेशन प्रतिधिनि युवा नेता डिल्लीराम सुवेदी उम्मेदवार रहेका छन । गठबन्धनका साझा उम्मेदवार तिनै जनाले बागलुङ र समग्र देशकै समृद्धिका लागि आफुहरुको उम्मेदवारी रहेको बताए । उनिहरुले बागलुङका जनताको मत जिते आफुहरु निर्वाचित हुने र यहीका जनताको काम गर्नका निम्ती आफ्नो उम्मेदवारी रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवार चित्रबहादुर केसीले पछिल्लो समय निर्वाचन खर्चिलो हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘अहिले निर्वाचनको खर्च थेग्नै नसक्ने भएको देखिन्छ,’ उनी भन्छन्,‘सामान्य आर्थिक अवस्थाका व्यक्ति निर्वाचन लड्ने अवस्था नै छैन । निर्वाचनमा मितव्यीता अपनाउनुपर्छ हामी खर्च गरेर चुनाव जित्ने पक्षमा छैनौं ।’
उनले आवश्यक मात्रै खर्च गरेर पनि निर्वाचन हुने भन्दै अनावश्यक बस्तुहरुमा निर्वाचनका बेला हुने खर्च नियन्त्रण हुनुपर्ने बताए । ‘गाडी चढ्नै पर्ने ठाउँमा चढ्नुप¥यो, प्रचार प्रसारका लागि जाँदा खाना खाजा खानुपर्ने ठाउँमा खानुप¥यो,’ उनले भने,‘तर मान्छे बटुलेर भोज भतेर गर्ने र होटलमा रक्सी खुवाएर निर्वाचन जितिन्छ भन्ने पक्षमा हामी छैनौं । यो चलन अन्त हुनुपर्छ ।’ यो निर्वाचनमा अग्रगमन पक्षले नजिते प्रतिगमनको ठूलो खतरा रहेको उनको भनाई छ । ‘प्रतिगमनको खतरा अझ बढेर गएको छ, यो निर्वाचनमा पाँच दलीय गठबन्धनले जित्नुपर्छ, होईन भने विगतको भन्दा ठूलो प्रतिगमन हुने देखिन्छ,’ उनले भने,‘अहिलेका प्राप्त उपलब्धीहरु गणतन्त्र र धर्मनिरपेक्षता मासेर देशमा हिन्दु राज्य र बेबी किङ ल्याउनेसम्मको षड्यन्त्र भएको छ । यसको विरुद्धमा गठबन्धन बनेको हो ।’
उनले देशभर पाँच दलका बीचमा भएको गठबन्धन संबिधानको रक्षाका लागि भएकाले संका नगर्न आग्रह गमेत गरे । ‘हामीले अहिले कार्यगत एकता गरेका छौं, कार्यगत एकता भनेको विचार मिल्ने कुराहरुमा गर्ने हो,’ उनी भन्छन्,‘प्राप्त उपलब्धी र देश जोगाउने कुरामा काँग्रेस, माओवादीसंग हाम्रो विचार मिल्यो हामीले गठबन्धन ग¥यौं ।’ उनले देशलाई अप्ठ्यारो परेको बेला हरेक पटक काँग्रेस कम्युनिष्ट मिलेको भन्दै अहिले पनि देश अप्ठ्यारोमा हुँदा काँग्रेस कम्युनिष्ट मिल्नुपर्ने अवस्था आएको बताए । ‘विगतमा हामीले हे¥यौं, एक्ला एक्लै जाँदा देशको समस्या समाधान हुन सकेन, देशमा पञ्चायत फाल्न, ज्ञानेन्द्र प्रतिगमन विरुद्ध काँग्रेस कम्युनिष्ट मिलेर परिणाम ल्याएको हो,’ केसीले भने,‘अहिलेको उपलब्धी जोगाउन पनि हामीले मिल्नुपर्ने अवस्था आयो । विगतको राजाबाट भन्दा अहिले केपी ओलीबाट संविधान र उपलब्धीमाथि खतरा बढ्यो ।’
उनले यस पटकको आम निर्वाचन प्रतिगामन र अग्रगमनको लडाईं भएको दावी गरे । अग्रगमन चाहनेका लागि यो निर्वाचन जीवन मरणको सवाल भएको भन्दै केसीले राष्ट्रियताको सवालमा एकै ठाउँमा उभीएका दलहरुले जित्ने दाबी समेत गरे । ‘सबै कुरा मिल्ने भए दल नै एउटै हुन्थ्यो, फरक मतहरु छन् र दल पनि फरक फरक छौं,’ उनले भने,‘राष्ट्रिय स्वार्थमा आवश्यकता पर्दा संगै हुने गरेका छौं र यो पटक पनि हामी संगै छौं । कम्तीमा देश जोगाउने विषयमा काँग्रेससंग हाम्रो सहमती छ ।’
इमान धरापमा राखेर निर्वाचनमा खर्च गर्दैनौं - दिपेन्द्र थापा
कार्यक्रममा बागलुङ क्षेत्र नं. १ प्रदेसभा ‘क’ मा गठबन्धनका उमेद्वार दिपेन्द्र थापाले इमान धरापमा राखेर निर्वाचनमा खर्च नगर्ने बताए । थापाले भोट किनेर जितेको उमेद्वारले जनताको काम गर्न नसक्ने भन्दै निर्वाचनका बेला जनता नेताका लागि भोकै बस्ने र निर्वाचन जितेपछि नेताले जनताको पेट भर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले जनताको घरदैलोमा पुगेर जनताको मन जितेरै आफुहरुले निर्वाचन जित्ने दाबी गरे ।
काम गर्न सक्ने कुरा मात्र जनताको माझ लिएर जान्छौं - डिल्लीराम सुवेदी
बागलुङ क्षेत्र नं. १ प्रदेसभा ‘ख’का उम्मेदवार डिल्लीराम सुवेदीले काम गर्नै नसकिने भ्रम सिर्जना नगरी चुनावी मैदानमा होमिन लागेको बताए । प्रदेसभाको बिषयमा जनमानसमा पछिल्लो समय उठेको भ्रमलाई चिर्दै संघीयता र प्रदेश संरचनाको औचित्य पुष्टि गर्न आँफुले उमेद्वारी दिएको सुवेदीको नाई छ । उनले बागलुङको विकासका निम्ती तिन पुस्ताकै उम्मेदवारी रहेको भन्दै सवै खालको समिश्रण भएका कारण सवै वर्गको प्रतिनिधित्व हुने गरी गठबन्धनमा उम्मेदवार रहेको बताए । युवाहरु विच लोकप्रिय नेताको रुपमा परिचित सुवेदीले आम नागरिका आवाजलाई संसदमा बुलन्द गरेर नागरिकको समस्याको समाधानका निम्ती आफ्नो उम्मेदवारी रहेको बताए । सुवेदीले हरेक विकास निर्माणका कामलाई अगाडी बढाउन जनताकै सल्लाह सुझाव अनुसार अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्का, नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य यज्ञबल्लभ शर्मा, समाजबादी पार्टीका संगम क्षेत्रीले प्रतिगमनको विरुद्धमा अहिलेको गठबन्धन रहेका कारण यसलाई सफल बनाउनका सवै लाग्नुपर्ने बताए । राजमोका नेता राजेन्द्र ढुंगानाले संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।