एमसिसीको विरोधमा बागलुङमा प्रर्दशन

  • फाल्गुण ८, २०७८

बागलुङ - सरकारले संसदमा पेश गरेको एमसीसीको विरुद्धमा बागलुङका केही राजनैतिक दलहरुले विरोध प्रर्दशन गरेका छन । आईतबार राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओवादी लगायतका दलहरुले जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन ।  एमसीसी राष्ट्रघाती भएको भन्दै कुनै हालत पास गर्न नहुने र यो देशका लागि घातक रहेका कारण विरोधमा उत्रिएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख  राजेन्द्र ढुंगालले बताए । उनले अहिलेसम्म नेपालमा अरर्बौँ अनुदान आएको तथा संसदबाट अनुमोदन गर्ने योजना भने नआएको भन्दै यो सम्झैता नेपाल र अमेरिकाको सैन्यसँग जोडिएको विषय भएको बताए । ढुंगानाले एमसीसी नेपालको विकासको लागि मात्र नभई नेपाललाई रणमैदान बनाएर चीन तिर केन्द्रीत हुने बताए । विकासको नाममा शक्ति राष्ट्रहरुको होडबाजी चलि रहेको र भोली उनीहरुको बीचमा लडाइँ चल्दा नेपाल रणमैदान बन्ने खतरा भएको ढुङ्गानाको भनाई छ । एमसीसी पास भए नेपालीहरुमाथि कुठाराघात हुने उनले बताए । 
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महेन्द्र विक, नेकपा मसालका मेखबहादुर पाइजा र क्रान्तीकारी माओवादीका पूर्णबहादुर गुरुङले एमसिसी कुनै पनि बाहनामा बास गर्न योग्य नरहेको बताए । उनिहरुले ठुला दलहरुले देशका लागि घातक हुने काममा अग्रसर भएको र यसको हिसाब किताब जनताले राख्ने समेत बताए । 
 

प्रतिक्रिया