बागलुङ, – नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले नेपालका बामपन्थी दलहरुले नै गणतन्त्र माथि हमला हमला गरिरहेको उल्लेख गरेका छन । राष्ट्रिय जनमोर्चा बागलुङले शुक्रबार आयोजना गरेको जिल्ला प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महामन्त्री सिंहले बामपन्थी आन्दोलमा सक्रिय दलले नै देशमा प्राप्ती गरको गणतन्त्र प्रति हमाला गरेको बताएका हुन । सिंहले केही ठुला भनौदा कम्युनिष्ट पार्टीहरु प्रतिगमनको बाटो लागेको हुँदा अहिले तिनका विरुद्ध पाँचदलीय गठबन्धनको मोर्चा भएको बताए ।
हामी तिनै प्रतिगामी तत्वलाई पराजित गर्नका निम्ती गठबन्धन गरेका हौं नेता सिंहले भने,–‘ निरन्तर पाँच दलीय गठबन्धनका कारण प्रतिगामी तत्वहरु पराजित हुँदै गईरहेका छन्’ प्रतिगामीहरु पराजित भएमा मात्र गणतन्त्र र धर्मनिरपेक्षता जोगिन्छ ।’ गणतन्त्र जोगाउनकै निम्ती हामी गठबन्धन गर्न बाध्य भएका हौं ।
उनले अझै पनि प्रतिगामीहरु विरुद्ध सबै दल एक जुट भएर लाग्नु पर्नेमा जोड दिए । ‘हाम्रो लडाई जनआन्दोलनबाट प्राप्त महान उपलब्धीको रक्षा गर्नु हो’ उनले भने–‘यदि प्रतिगामीहरुले जिते भने जनआन्दोलनबाट प्राप्त उपलब्धी धर्म निरपेक्ष र गणतन्त्र समाप्त गर्ने छन् । उनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा प्रतिगामीहरुलाई थप हराउन पनि गठबन्धन गरेर जानु आवश्यक रहेको बताए ।
उनले नेपाली जनताले पटक–पटक प्रतिगमन भोग्दै आएको स्मरण गर्दैै प्रतिगमन विरुद्धको आन्दोलनमा दरिलोसँग उभिनु पर्नेमा जोड दिए । २०१७ साल र २०५९ सालमा राजाले कु गरेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री ओलीले दुईपटक संसद विघटन गरेर प्रगितमन गरेको उल्लेख गर्दै उनले २०१७ साल र २०५९ सालको भन्दा यो बढि जोखिम रहेको बताए ।
भारतमा भाजपा जस्तो हिन्दुवादीहरुको संगठनले सरकारकोे नेतृत्व गरिरहेको कारण नेपालमा राजनीतिक तरलता हुँदा उनीहरुले हिन्दु राज्य र हिन्दु राजा स्थापना गर्न सक्रिय हुने बताए । त्यो कुरालाई नेपालका बामपन्थी दलहरुले पनि साथ दिनु दुःखद रहेको उनको भनाई छ ।