काँग्रेसले राम्रा कामको प्रचार गर्ने माध्यम नै क्रियाशिल सदस्य हो: उप–सभापती श्रेष्ठ

  • पुस १२, २०७८

नेपाली काँग्रेस गण्डकी प्रदेशका उप–सभापति मेखलाल श्रेष्ठले काँग्रेसले गरेका राम्रा कामको प्रचार गर्ने माध्ययम नै क्रियाशिल सदस्य भएको बताएका छन । सोमबार नेपाली काँग्रेस बागलुङले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै श्रेष्ठले काँग्रेस सरकारमा हुँदा होस वा अन्य समयमा गरेका राम्रा कामको प्रचार गर्ने माध्ययम नै क्रियाशिल सदस्य भएका कारण हरेक क्रियाशिल सदस्य समक्ष पार्टीले गरेका कामको बारेमा जानकारी गराउनुपर्ने बताएका छन । 
उनले १४ औं महाधिवेशनको सन्दर्भमा जो जता भए पनि अबको समय भनेको पुन एक हुनेपर्ने अवस्था आएको बताए । ‘हामी हिजो आफ्नो पार्टीको निर्वाचनमा को कता भयौ, जो जता भए पनि अब फेरी एक हुने बेला आएको छ । श्रेष्ठले भने,– अब आउने निर्वाचनमा प्रतिपक्ष सँग लड्नु छ । उनिहरुलाई पराजय गर्नका लागी अब एक भएर अगाडी बढ्न जरुर रहेको छ ।’ जनतालाई काँग्रेस प्रति आर्कषण गर्ने भिजन ल्याएर उनिहरुको माझ जानुपर्ने बताए ।  
उनले सवै काँग्रेसजनलाई आउँदा निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्नका लागि काँग्रेस बागलुङले चलाएको अभियान निकै प्रशंसनिय रहेको बताए । श्रेष्ठले हरेक वडा तह सम्म क्रियाशिल सदस्य सम्म पुग्दा जिल्ला तहदेखी अबको निर्वाचनमा कम्युनिष्टहरुलाई पराजय गर्ने भिजनका साथ अगाडी बढनका लागि कार्यकर्तालाई आग्रह गरेका थिए । 
गण्डकी प्रदेश सरकारका गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री समेत रहेका श्रेष्ठले मन्त्रालयले महिला बालबालिकाको क्षेत्र र शिक्षा संस्कृतिको क्षेत्रको विकासका निम्ती सधै सहयोग गर्न तयार रहेको बताए । उनले विषेश गरी गण्डकी प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि लाग्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेस बागलुङका निवर्तामान पार्टी सभापती दिपेन्द्र बहादुर थापाले काँग्रेस हिजोका कुरालाई भुलेर अबको दिनमा प्रतिपक्ष सँग कसरी लड्ने योजनका साथ आगडी बढ्न जरुर रहेको बताए । कार्यक्रम नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनको अध्यक्षता, सचिव हरिहर शर्माको स्वागत र सचिव गण्डकी थापा अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया