बागलुङ- बागलुङ नगरपालिकाले खुल्ला व्यायमशाला स्थापना गरिएको छ । बागलुङ–पर्वत जोड्ने नेपालकै सवै भन्दा लामो झोलुङ्गे पुल नजिकै व्यायमशाल संचालन गरिएको छ । पुल हेर्न आउने र विहान बेलुका शारिरिक व्यायमका लागि निस्कने सवै नागरिकको पहुँचमा पुग्नेगरी खुल्ला व्यायमशाला स्थापना गरेको हो । शारीरिक स्र्फूती र स्वास्थ्यका लागि आवश्यक व्यायमशाला नगरभित्रका नागरिकहरुले आवश्यकता अनुसार निःशुल्क रुपमा प्रयोगमा ल्याउने गरी खुल्ला व्यायमशाला स्थापना गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जनाएका छन । पुलमा चहकिला बत्ति समेत बालिएको हुँदा नागरिकहरु विहान बेलुका जतिबेला पनि व्यायामशालामा शारिरिक व्यायम गरिरहेका हुन्छन । बागलुङ नगरपालिकाको पहलकदमी तथा आयुर्वेद विभागको समन्वयमा बागलुङमा पहिलोपटक खुल्ला व्यायमशाला स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताए । नेपालकै लामो बागलुङ र पर्वत जोड्नेगरी निर्माण गरिएको ५६७ झोलुङ्गे पुल रहेको शहिद पार्कमा खुला व्यायमशाला सञ्चालन गरिएको श्रेष्ठले जानकारी दिए । बागलुङ नगरपालिका–१ रामरेखाको शहिद पार्क तथा लामो झोलुङ्गे पुल अवलोकनका लागि पुगेका नागरिकहरुलाई लक्षित गरी खुल्ला व्यायमशाला स्थापना गरिएको हो । नगर प्रमख श्रेष्ठले भने,–‘ यहाँका नागरिकहरु बिहान र बेलुका शारिरिक स्फूर्तीका लागि हिड्डुल गर्ने गरिएको पाइएको छ, बागलुङ बजारको कोलाहलबाट टाढा रहन बाङ्गेचौर, लामो पुल, शहिद पार्क र मालढुङ्गा क्षेत्रमा पुग्ने गरेका छन । मनिङ वाक र अवलोकनका लागि पुगेका नागरिकहरुले व्यायमशालालाई भरपुर प्रयोगमा ल्याउन सक्नेछन् । उनले खर्च गरेर व्यायमशाला पुग्नेहरुलाई समेत खुला व्यायमशालाले राहत विश्वास रहेको बताए । यहाँ खुला प्रकृतिको आनन्द चिसो हावा सँगै व्यायम गर्न सकिने छ ।
व्यायमशालाले लामो पुलमा आउने नागरिक र शारिरिक सफूर्तीका लागि मर्निङ वाकका लागि आउने नागरकलाई धेरै सहज भएको बागलुङ नगरपालिका–१ वडा अध्यक्ष जयबहादुर खत्री बताउँछन । व्यायमशाला स्थापना गरे सँगै केटाकेटी, युवा र बुढा पाकालाई थप सहज भएको उनको भनाई रहेको छ । सवैले सहज ढंगले सेवा लिउन भन्ने उद्देश्यले सार्वजनिक स्थानमा नै व्यायामशाला स्थापना गरेका हौं वडा अध्यक्ष क्षेत्रीले भने, आम नागरिकलाई स्वस्थ्य राख्नु हाम्रो कर्तव्य हो ।लसवै नागरिकले सेवा लिएका छन । बजार क्षेत्रका नागरिकहरुको खानपान र रहनशहनका कारण अनिवार्य व्यायम गर्न आवश्यक देखिएकाले गत वर्ष देखिनै बागलुङ नगरपालिकामा खुल्ला व्यायमशाला स्थापना गर्न खोजिएको उनले बताए ।
व्यायामशालामा १५ प्रकारका राखिएको छ । धौलागिरी आर्युवेद औषधालय बागलुङका प्रमुख डा. सरोज कुमार रायका अनुसार डब्लुएचोको आर्थिक सहयोग तथा आर्युवेद विभागको समन्वयमा बागलुङ नगरपालिकाको रामरेखामा खुल्ला व्यायमशाला स्थापना गरिएको बताए । आर्युवेद, शारिरिक अभ्यास, योग तथा खानपानमा शहर बजारका नागरिकहरु सचेत रहन आवश्यक रहेको बताउदै डा. रायले खुला व्यायमशाला नागरिकको पहुँचमा पुग्ने भरपर्दो शारिरिक अभ्यासको माध्यम बन्ने बताउदै बागलुङमा पहिलो पटक स्थापना भएपनि नेपालका विभिन्न स्थानमा खुल्ला व्यायमशाला स्थापना संगै भरपुर प्रयोगमा आइरहेको पाइएको छ ।
“अहिले शहर बजारमा शारिरिक कामहरु कम हुनेभएकाले शारिरिक स्फूर्तीका लागि जिमहल जाने, मर्निङ वाक जाने लगायतका काम भइरहन्छन्, तर खर्च गरेर जिम हल जानेहरु युवा पुस्ता मात्रै छन्, तर जेष्ठ नागरिकहरु बढी मर्निङवाक गर्न रुचाउछन् तर उनिहरुलाई हल्का फुल्का शारिरिक अभ्यासका लागि खुल्ला व्यायमशाला निकै प्रभावकारी बन्नेछ” डा. रायले भने “पछिल्लो समय आर्युवेद औषधी, योग, ध्यान तथा व्यायमशालाप्रति आकर्षण बढ्दो छ, खुल्ला व्यायमशाला आम नागरिकको पहुँचामा पुग्नेछ, भने स्वाथ्यप्रति नागरिक सचेतना वृद्धि हुनेछ ।”
लामो पुल स्थित शहिद पार्क भित्र खुल्ला व्यायमशाला स्थापानासंगै स्थानीयहरुलाई सहज भएको छ । गत वर्ष आर्युवेद विभागले गण्डकी प्रदेशको राजधानीमा तीन वटा खुल्ला व्यायमशाला स्थापना गरेपछि बागलुङमा खुला व्यायमशाला स्थापनाका लागि पहलभइरहेको थियो । सर्वसाधारणलाई आधुनिक चिकित्साभन्दा आयुर्वेदिक चिकित्सातर्फ आकर्षण गराउने सके जीवन स्वस्थ रहने बताए । उनले आयुर्वेदिक चिकित्साबाट उपचार गर्दा मानिसमा पाश्र्व प्रभाव पनि नहुने र मानिस स्वस्थ जीवन जीउने सिकाउने बताए । आहार, विहार र निद्रालाई नियन्त्रण गर्न सके स्वस्थ रहन सकिने उनको भनाइ छ ।