जिल्लाको जैमिनी नगरपालिकाका नगरउपप्रमुख लिला रानाले आफ्नो पदबाट राजिनामा दिएका छन । नेकपा एमालेको तर्फबाट मेयरको उम्मेद्वार बन्नका लागि रानाले राजीनामा दिएका छन् । रानाले नगरप्रमुख इन्द्रराज पौडेल समक्ष राजिनामा दिएका हुन । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमेयर पदमा निर्वाचित राना आसन्न निर्वानमा पार्टीबाट जैमिनी नगरपालिकाको मेयर उम्मेदवारमा सिफारिस भएका छन् । पार्टीको निर्णय अनुसार राणा उम्मेवार बन्ने भएकाल राजीनामा स्वीकृत गरिएको नगरपालिकाका मेयर पौडेलले बताए । यस अघि बागलुङ नगरपालिका ११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले पनि राजिनामा दिएका हुन । भने जैमिनि नगरपालिका ७ का वडा अध्यक्ष जित बहादुर रानाले पनि राजिनामा दिएका छन ।