गलकोटको मेयरका लागि काँग्रेसबाट १४ आकंक्षी

  • ब‌ैशाख २, २०७९

बागलुङ- बागलुङको गलकोट नगरपालिका गत स्थानिय तहको निर्वाचनका मेयर उपमेयर सहित बहुमत नेपाली काँग्रेसले जितेको नगरपालिका हो । जिल्लामै काँग्रेसको बलियो पकट भएको पालिकाको रुपमा रहेको गलकोट नगरपालिकामा आगामी स्थानिय तहको निर्वाचनमा मेयर बन्नका लागि १४ जनाले दाबी गरेका छन । 
नेपाली काँग्रेस गलकोट नगरपालिका आयोजना गरेको भेला तथा बैठकमा १४ जनाले आकंक्षा व्यक्त गरेको नेपाली काँग्रेस गलकोट नगरसमितिका सचिव योगेश भण्डारीले जानकारी दिए । 
पार्टी भित्र नगरप्रमुख र उपप्रमुखका लागि आकंक्षीहरुलाई उम्मेदवारी आह्रन गरिएको थियो । सो अवधीमा वर्तमान नगरप्रमुख (मेयर) भरत शर्मा गैरे र उपप्रमुख (उपमेयर) रेणुका काउचा मगर सहित १४ जनाले मेयरका लागि आकंक्षा व्यक्त गरेका छन । मेयर गैरे र उपमेयर काउचा काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन । नगरप्रमुख गैरेले पुन दोहोराउने इच्छा व्यक्त गरेका छन । 
    नगरप्रमुखकै लागि काँग्रेस बागलुङका निर्वतमान कोषाध्यक्ष उमेश गौतम, वडा नं. ८ काडेबासका अध्यक्ष एवं काँग्रेसका निवर्तमान जिल्ला सदस्य रामप्रसाद कंडेल, गलकोट बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम, महाधिवेशन प्रतिनिधि मञ्जेशबम मल्ल, निवर्तमान जिल्ला सदस्य सुरेन्द्रबम मल्ल, निवर्तमान महाधिवेशन प्रतिनिधि याम श्रीष, महाधिवेशन प्रतिनिधि गिता श्रीष, पुर्व क्षेत्रीय सभापति घनश्याम गौतम, गण्डकी प्रदेश समिति प्रतिनिधि घनश्याम सुवेदी, गलकोट नगरपालिकाका नगर सभापति विरजंग भण्डारी, काँग्रेसका नेता डिलाराम सुवेदी र महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य मञ्जु शर्मा चालिसेले दाबी गरेका छन ।  
नगरपालिका उपप्रमुखका लागि भने पाँच जना आकंक्षी रहेको सचिव भण्डारीले जानकारी दिए । जसमा क्षेत्र नं. २ प्रदेश (क) का सभापति तिलक घर्ति मगर, काँग्रेसका पुर्व जिल्ला सदस्य राधिका पुन, जिल्ला सदस्य हिराबहादुर काउचा, धनमायाँ विक र क्षेत्रीय सचिव नारायण ध्वज मल्ल र नगरसमितिका सचिव योगश भण्डारी रहेका छन । काँग्रेस पहिलो शक्तिको रुपमा रहेको गलकोटमा माओबादी र राजमोको पनि राम्रै प्रभाव रहेको छ । गठबन्धन हुँदै गर्दा यस पालिकामा माओबादी केन्द्रले पनि मेयरकै लागि जोड गरेको छ । यसले गर्दा गठबन्धनमा निकै पेचिलो बन्ने देखिएको छ । केन्द्रबाट गठबन्धनको सर्कुलर आए पनि यस क्षेत्रका नेता कार्यकर्ताहरु गठबन्धको पक्षमा भने खासै चासो देखाउँदैनन । 

 

प्रतिक्रिया