बागलुङ- बागलुङको काठेखोला गाउँपालिकामा वडा नं.–३ धम्जाको मतदान केन्द्रमा खटिएका सहायक निर्वाचन अधिकृत दलका नेता सँग ध्यान र योगा गरेको तश्विर सामाजिक सञ्जालमा बाहिरिएको छ । ध्यान र योग गरेको तश्विर बाहिरए सँगै आचरसंहिता विपरित दलका नेता सँग साँठगाठ गरेको खुलसा आएको छ ।
लक्ष्मी मावि सायकटेरा मतदान केन्द्र (क) मा खटिएका सहायक मतदान अधिकृत धुव्रबहादुर केसी विहिबार विहान नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी सँग ध्यान र योगा गरेको तश्विर सामाजिक संजालमा आए सँगै स्थानिय पाँच दलीय गठबन्धनका नेताहरुले साँठगाठ गरेको आशंका गरेका छन ।
मतदान केन्द्र देखी झण्डै ५ किमी माथि बेलढुंगा भन्ने ठाउँमा दलका नेता सँग गएर फोटो खिचाउनु निर्वाचनलाई प्रभावित गराउनका लागि भएको पाँच दलिय गठबन्धनका नेता एवै नेपाली काँग्रेस धम्जाका सभापति दिपेन्द्र रानाले बताए । ‘निर्वाचनमा खटिएको कर्मचारी कुनै दलका नेता सँग यसरी फोटो खिच्नु कति सम्म आचारसंहिता भित्र पर्छ । यसले प्रष्ट हुन्छ कि उनको नेता सँग गहिरो साँठगाँठ छ । रानाले भने,–‘भोलीको निर्वाचन आज मतदान स्थल छाडेर दलका नेता सँग बसेर के रणनिति कोरेका छन । मतदान केन्द्र भन्दा अलि ढाढै भएका कारण यसमा शंका गर्ने बाटो रहेको छ । यसमा हाम्रो आपत्ती रहेको छ ।’ रानाले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न खटिएका कर्मचारी नै कुनै दलका नेता सँग नजिक हुनु शंकाको विषय रहेको बताए ।
सहायक निर्वाचन अधिकृत केसीले भने आफुहरु बेलढुंगा भन्ने ठाँउमा विहानको समयमा मनिङवाक गर्न गएको र नेता सँग भेट भएको बताए । हामी यो ठाउँमा मनिङ् वाकका लागि गएका थियौ केसीले भने–‘ पहिलो पटक पुगेको ठाउँ घुम्न पनि हुन्छ भनेर बेलढुंगा गएको बेला अध्यक्ष ज्यू सँग भेट भयो । फोटो त खिचाएका हौं उति बेलै फकियौं केही कुरा हुन पाएन । ७ः३० बजे मतदान केन्द्रमा फर्किर काम गरेका हौं ।’ उनले घुम्न गएको बेलमा भेट भए पनि निर्वाचन सम्बन्धी केही पनि कुरा नभएको बताए । उक्त मतदान केन्द्रका निर्वाचन अधिकृत उत्तम पौडेलले पनि सहायक निर्वाचन अधिकृत विहान कहाँ गएको भन्ने कुरा अवगत नभएको बताएका छन ।
काठेखोला गाउँपालिकाको मुख्य निर्वाचन अधिकृत हर्कबहादुर क्षेत्रीले यसको बारेमा आफुलाई कुनै कुरा थाहा नभएको कुनै उजुरु पनि नआएको र यो विषयमा बुझन्ुका साथै सहायक मतदान अधिकृतलाई सम्झाउने बताए ।