बाढि प्रभावित क्षेत्रमा रहेका तमानखोलाका ९ जना सम्पर्क विहिन

  • भदौ ११, २०८३

बागलुङ-  भोटेकोशी नदिमा आएको बाढि प्रभावित क्षेत्रमा रहेका बागलुङको तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्क विहिन अवस्थामा रहेका छन । मा आएको भीषण बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन भएका छन् । माथिल्लो त्रिशुली जलविद्युत् आयोजना (अपर त्रिशुली हाइड्रोपावर २१६ मे.वा., ड्यामसाइड हाकुवेशी) तथा सोही क्षेत्र आसपासमा कार्यरत उनीहरू बाढीपछि सम्पर्कविहीन भएको तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । 
तमानखोला गाउँपालिकाका अनुसार सम्पर्कविहीन हुनेहरूमा ः
पदम बहादुर घर्ती मगर (३७ वर्ष) – तमानखोला गाउँपालिका–१, हिजा (कार्यरतः अपर त्रिशुली हाइड्रोपावर) 
इन्द्र कुमार वि.क. (३२ वर्ष) – तमानखोला गाउँपालिका–१, हिजा (कार्यरतः अपर त्रिशुली हाइड्रोपावर) 
विष्णु घर्ती मगर (२२ वर्ष) – तमानखोला गाउँपालिका–१, रिक्लाङ्ग
भिम बहादुर छन्त्याल (३७ वर्ष) – तमानखोला गाउँपालिका–२, बोङ्गाखानी (कार्यरतः अपर त्रिशुली हाइड्रोपावर)
खडक छन्त्याल (अन्दाजी ५० वर्ष) – तमानखोला गाउँपालिका–२, बोङ्गाखानी
संजय शेर्पाली (२२ वर्ष) – तमानखोला गाउँपालिका–३, तमान (कार्यरतः अपर त्रिशुली हाइड्रोपावर)
दल प्रसाद बूढा (५० वर्ष) – तमानखोला गाउँपालिका–३, तमान
लाता कामी (५८ वर्ष) – तमानखोला गाउँपालिका–४, लाममेला
भिम बहादुर वि.क. (४७ वर्ष) – तमानखोला गाउँपालिका–४, लाममेला
सम्पर्कविहीन नागरिकहरूको खोजतलास र उद्धारका लागि पहल भइरहेको छ

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय