नारायण रिजाल - बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षमा संचालन हुने सवै योजनाहरु वडा तहमै सम्झौता गर्ने भएको छ । आम उपभोक्ताको सहजताको लागि नगरपालिकाको कार्यालयबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न लागिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । विगतका वर्षहरुमा समयमा योजना सम्झौता नहुने । कार्यान्वयन हुदा असारमा पुग्ने हुँदा यस पटक आर्थिक वर्ष सुरुवात श्रावण देखीनै योजना सम्झौताको काम सुरु गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले विषेश गरी ग्रामिण क्षेत्रमा रहेका वडा नं. ५, देखी वडा नं. १४ सम्मका आम उपभोक्तालाई लक्षित गरी घुम्ती शिविर संचालन गर्ने निर्णय गरेको हो । अन्य वडाका योजनाहरु घुम्ती शिविर संचालन पश्चात नगरपालिका कार्यालयबाट नै नियमित सम्झौता गर्ने बताईएको छ ।
वडा तहमा योजना सम्झौताका साथै आम उपभोक्तालाई अभिमुखिकरण, अपांग परिचय पत्र वितरण, माटो परिक्षण, स्वास्थ्य शिविर, बालमैत्री नगर घोषाण अनुशिक्षण तथा वित्तिय साक्षरता जस्ता सेवा प्रवाह गर्ने योजना बनाएको छ । उक्त कार्यक्रम यही साउन २९ गते बानपा ११ रायडाँडा देखी शुभारम्भ गरिने नगरप्रमुख श्रेष्ठले बताए । आम उपभोक्ताको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर माफर्त योजना सम्झौता लगायतका काम अगाडी बढाईएको श्रेष्ठको भनाई छ । उक्त शिविर संचालनका निम्ती नगरकार्यपालिका वैठकले घुम्ती सेवा प्रवाह निर्देशिका २०७९ लाई स्वीकृत समेत गरेको छ ।
एकै दिनमा योजना सम्झौता उपभोक्तालाई अभिमुखिकरण
‘नगरले छनोट गरेका र वडाले छनोट गरेका योजनाको एकैदिन सम्बन्धित वडाबाटै सम्झौता गरिने छ । अन्य काम पनि वडा बाटै गरिने छ ।’, नगरप्रमुख श्रेष्ठले भने,–‘प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी, इञ्जिनियर नगरपालिकाबाट वडामा जाने र सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीकाबीच कार्य सम्झौता गरिने छ । ’ एकैदिन सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने, योजना सम्झौताका लागि नगरपालिका कार्यालयसम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने र सही उपभोक्ता पहिचान गर्नमा सघाउ पुग्ने मुख्य उद्देश्यले वडा–वडामै योजना सम्झौतालाई अभियानको रूपमा अगाडि बढाइएको उनले बताए ।
उपभोक्ता समितिले योजना सम्झौता पश्चात अन्तिममा काम सकेर भुक्तानीका लागि मात्रै नगरपालिका कार्यालयमा आए पुग्ने र एउटै कामका लागि पटक–पटक आइररहनु नपर्ने नगरप्रमुख श्रेष्ठको भनाई छ ।
बसपार्क संचालनका निम्ती आवश्यक काम अगाडि बढाउने
नगर कार्यपालिकाको बैठकले निर्माण सम्पन्न भएर संचालन हुन नसकेको बागलुङ बसपार्कको संचालनका निम्ती आवश्यक काम अगाडी बढाउने भएको छ । नगरविकास कोषको ऋण तथा अनुदान सहयोगमा निर्मित बागलुङ वसपार्कका निर्माणको योजनाको फरफारकको प्रयोजनका लागि यस अघि स्विकृत ठेक्का विल, नापी किताब, कार्यसम्पन्न प्रतिवेदन भेरियसन आदेश र फिल्ड भेरिफिकेशन गरी पछि सम्म कुनै फरक नपर्ने गरी यथार्थ विवरण सहितको प्राविधिक प्रतिवेदन पेश गर्न नगरपालिकामा कार्यरत ईन्जीनियर त्रिलोचन गिरीको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । कार्यदलको बसपार्कको सवै बस्तुस्थिति अध्ययन गरी कार्यपालिकामा बुझाउने र थप काम अगाडी बढाईने नगरपालिकाका सामाजिक विकास संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए ।
बसपार्क संचालनका निम्ती पहुँचमार्ग तथा जग्गा व्यवस्थापन योजना बोलपत्र आह्रवान अघिल्लो वर्ष नै भै सकेको र ठेक्का सम्झौता भै कार्यदेश समेत दिईएकोमा उक्त काम रोकिएको र पुन सुचारुका लागि सम्बन्धीत निर्माण व्यवसायीलाई सुरु सम्झौता अवधिमा म्याद थप गरी काम अगाडी बढाउने निर्णय गरेको गौतमले जानकारी दिए ।
भु –वर्गिकरणको प्रतिवेदन पेश गर्न कार्यदल गठन
नगरपालिकाले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र बमोजिम भु बर्गिकरण कार्य गरी नगरकार्यपालिका समक्ष प्रतिवेदन पेश गर्नेका लागि बानपा १४ का वडा अध्यक्ष चक्रबहादुर खत्रीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरको छ ।
त्यसैगरी संघिय सरकारबाट स्विकृत अमलाचौर खानेपानी योजना सेवा क्षेत्रलाई वडा नं. ८, ९, १० र ११ मा समेत विस्तार गरी कार्यान्वय गरिदिन र बागलुङ नगरपालिकाका १
एक वडा एक स्मार्ट शौचालय निर्माण गरिने
वडा एक स्मार्ट शौचालयका निर्माणका निम्ती नेपाल सरकार खानेपानी तथा ढल विकास विभागमा अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए । नगरपालिका क्षेत्रको नापी नक्सा र फिल्ड फरक परी नगरवासीहरुलाई विभिन्न समस्या परेको हुँदा निजी सार्वजनिक सरकारी र वन क्षेत्र समेतको पुन नापी गर्न सम्बन्धीत निकायमा अनुरोध गर्ने कार्यपालिकाले निर्णय गरेको छ । नगरपालिकाले विपन्न नागरिक तथा उद्यम गर्न चाहने युवा कृषक समेतका लागि विभिन्न बैंकहरुलाई सहुलियतपुर्ण कर्जा उपलब्ध गराउन आवश्यक समन्वय गर्ने भएको छ । कार्यपालिका बैठकले करारमा जनशक्ति व्यवथापन कार्यविधि २०७८ को प्रथम शंसोधन स्विकृत गरेको नगरपालिकाले जनाएको छ ।