बागलुङ- शुक्रबार देखी देशभर एसइई परिक्षा संचालन भएको छ। यस बर्षको एस.इ.ई परिक्षामा बागलुङ जिल्लाबाट ४ हजार ८३६ जना बिद्यार्थीले परिक्षामा सहभागि हुँदै छन । ।
शिक्षा विकास तथा समन्वय इकाई बागलुङले बिहीबार पत्रकार सम्मेलन गरि परिक्षालाई ब्यवस्थित मर्यादित रूपमा सम्पन्न गर्ने गरि सबै तयारी पूरा भएको जनाएको छ ।
बागलुङ जिल्लाका सामुदायिक माध्यमिक बिद्यालय १११ वटा संस्थागत बिद्यालय ३२ र खुला बिद्यालय १ वटा गरि १४४ वटा बिद्यालयका बिद्यार्थी परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज उपाध्यायले बताए ।
बागलुङ जिल्लाको ४ नगरपालिका र ६ गाउँपालिकाको ३१ वटा परीक्षा केन्द्र २ हजार ५९८ छात्रा र २ हजार २३८ छात्र गरि ४ हजार ८३६ जना रहेका छन । परीक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष ४२ जना सहायक केन्द्राध्यक्ष २६१ जना निरिक्षक ३१ जना परीक्षा सहायक १०४ जना कार्यालय सहयोगी र ४६५ जना सुरक्षाकर्मी खटिएका छन् ।
परिक्षा मर्यादित बनाउन केन्द्राध्यक्ष लाई आवश्यक अभिमुखिकरण समेत सम्पन्न भइसकेको छ । चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन सबैमा आह्वान गरेका छन् । उनले सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याउ नेलगायतका सबै काम भइसकेको जनाएका छन् ।