बागलुङ- नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ को सोमबार देखी सुरु भएको अधिवेशन बुधबार राति मात्र सकिएको छ । मंगलबार निर्वाचन भएको मतपरिणाम आउनका लागि बुधबार साँझ सम्म लागेको थियो । क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा काँग्रेस संस्थापन पक्ष कमजोर देखिएको छ । कुल २५ जना निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षका जम्मा ७ जना मात्र निर्वाचित भएका छन । जसमा अन्य १७ जना भने संस्थापन इतर पक्षका रहेको काँग्रेसका एक नेताले जानकारी दिए । महाधिवेशन प्रतिनिधिका लागि शेरबहादुर देउवा समुहका सँग रामचन्द्र पौडेल, कृष्ण सिटौला र गगन थापा पक्षका एक भएर निर्वाचनमा होमिएका थिए ।
महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ जित शेरचन, अर्जुन शेरचन, दोर्ण कुमार कुवँर, सिंहबहादुर राना, नरबहादुर पुन निरज, भरत शर्मा गैरे, टेकराज पौडेल, तुलासिह घर्ती, सागर खरेल, मञ्जेश वम मल्ल निर्वाचित हुन । खुल्ला महिला तर्फ ८ जनाको उम्मेदवारी परेकोमा गलकोट नगरपालिकाका उपप्रमुख रेणुका काउचा काउचा सहित गण्डकी थापा, मञ्जु शर्मा चालिसे र गीता श्रीस निर्वाचित भएका छन् ।
खस आर्य महिला तर्फ सरस्वती रिजाल आचार्य खस आर्य खुल्ला तर्फ ऋषिराम कँडेल र तिलक अधिकारी निर्वाचित भएका छन् । आदीवासी जनजाती महिला तर्फ दुई पदमा लिलमाया पुन र राधिका पुन निर्वाचित भएका छन् । आदीवासी जनजाती खुल्ला तर्फ दिपेन्द्र श्रेष्ठ र देवेन्द्रकुमार घर्ती निर्वाचित भएका छन् भने दलित महिला तर्फ दिलमाया पौवी, दलित खुल्ला तर्फ भूमिराज सुन्चौरी र सोमबहादुर पौवी निर्वाचित भएका हुन् । क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जोकलाल बुढा निर्वाचित भएका थिए ।