बागलुङ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ बागलुङको अध्यक्षमा मनबहादुर पुन सर्वसम्मत चयन हुनु भएको छ । संघको दोस्रो जिल्ला अधिवेशनबाट पुन अध्यक्षमा चयन भएका छन ।
पुनको अध्यक्षतामा १३ सदस्यी जिल्ला कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा भक्तबहादुर नाइसा मगर, सचिवमा बिमा कुमारी घर्ती मगर, सह–सचिवमा कुमारी राना मगर र कोषाध्यक्षमा अमृता थापा मगर चयन भएका हुन ।