त्रिभुवन मावि पैयुँपाटामा कम्प्युटर ल्याब स्थापना

  • कार्तिक २५, २०७८

बागलुङ– जिल्लाको बागलुङ नगरपालिकामा–१३ पैयुँपाटामा रहेको त्रिभुवना माध्यामिक विद्यालयमा विभिन्न समाजिक संस्थाको सहयोगमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । पोखरामा रहेको रोटरी क्लब अफ पोखरा फिस्टेल र इडुटेक नेपालको सहयोगमा विद्यालयमा २० थान कम्प्युटर सहितको ल्याबको स्थापना गरिएको छ । शिक्षा क्षेत्रको उन्नयनका लागि केही सहयोग पुगोस भन्ने उद्देश्यले झण्डै १३ लाख रुपैयाँ बराबरको कम्प्युटर व्याट्रि र इन्भटर सेट विद्यालयलाई प्रदान गरिएको रोटरी क्लब अफ फिस्टेलका मेम्मरसिप डाईरेक्टर चियर कमला गिरीले जानकारी दिईन ।  पुर्व विद्यार्थीको नाताले विद्यालयको विकासका निम्ती आफुले कम्प्युटर ल्याब स्थापना गर्नका लागि पहल थालेको गिरीले बताईन । 
कम्प्युटर ल्याब स्थापना भए सँगै विद्यालयमा अध्ययनरत विद्यार्थी प्रविधिमैत्री बनाउनका लागि ठुलो टेवा पुग्ने विद्यालयका प्रधानध्यापक रमाशंकर शर्मा बताउँछन । उनले विद्यार्थीलाई बललिँदो परिवेश अनुसारको शिक्षा प्रदान गर्नका लागि थप सहयोग हुने बताए ।  
ल्याबको विहिबार एक कार्यक्रमका विच औपचारीक रुपमा सुरुवात गरिएको छ । ल्याब स्थापना कार्यक्रममा बोल्दै रोटरी क्लबका डिस्ट्रीक गर्भनर राजेन्द्र ध्वजुले शिक्षा क्षेत्रको विकासका निम्ती क्लबले निरन्तर सहयोग गर्दै आएको बताए । उनले हरेक विद्यालयलाई प्रविधि मैत्री बनाउनका निम्ती विभिन्न संस्थाहरुको सहयोगमा रोटरी क्लबहरुले निरन्तर सहयोग गर्ने जानकारी दिए । ध्वजुले विद्यालयको शैक्षिक विकासका लागि सानो सहयोगले ठुलो राहत हुने र भविश्यका कर्णधारका लागि उचित शिक्षा प्रदानका लागि सहयोग पुग्ने बताए ।  
कार्यक्रममा रोटरी क्लब अफ पोखरा फिस्टेलका अध्यक्ष प्रा.डा. सुनु दुलाल, बागलुङ नगरपालिका–१३ का कार्यबहाक वडा अध्यक्ष एकनाथ रेग्मी, रोटरी क्लब अफ पोखरा फिस्टेलका कार्यक्रम कोडिनेटर विनोद कोइराला, क्लबकका मेम्मरसिप डाईरेक्टर चियर कमला गिरी, विद्यालयका प्रध्यानध्यापक रमाशंकर शर्मा लगायतले बोलेका थिए । क्लबले हरेक वर्ष ४ वटा विभिन्न जिल्लाका विद्यालयहरुलाई कम्प्युटर सहयोग गर्दै आएको छ । कार्यक्रमममा विद्यालयमा अध्ययरत विद्यार्थीहरुले सांगितिक प्रस्तुती दिएका थिए । कार्यक्रम विद्यालय व्यवस्थापनस समितिका अध्यक्ष दिननाथ शर्मा पौडेलको अध्यक्षता, शिक्षक तिलक आचार्यको स्वागत र शिक्षक कृष्ण प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया