बागलुङ- सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको संस्था प्रबुद्ध युवा समुह बागलुङले यही पौष ५ गते शनिबार ‘लाइभ कन्सर्ट र स्ट्रिट फूड फेष्टिबलको आयोजना गर्ने भएको छ । पर्यटन प्रर्बधन, कला संस्कृतिको संरक्षण व्यवसायीक प्रवद्र्धन र अक्षयकोष निर्माणको उद्देश्यले लाइभ कन्सर्टको आयोजना गरिएको हो । कार्यक्रम दिउँसो २ बजेदेखि बागलुङ नगरपालिका– ३ चिप्लेटी बस पार्कमा संचालन हुने प्रवुद्ध युवा समुह अध्यक्ष रोहित सुनारले जानकारी दिए । कार्यक्रमको बारेमा बुधबार पत्रकार सम्मेलन गरिएको थियो । कार्यक्रमबाट बचेको रकमबाट बिपन्न बिद्यार्थीको सहयोगका लागि सहयोग गर्नुका साथै अक्षयकोषको स्थापना गर्ने बताईएको छ ।
कार्यक्रममा डि मार्चा व्याण्डको प्रस्तुती सहित कलकारहरु बावुकृष्ण परियार, सुरेश सुनार, दि हिल्स व्याण्ड स्थानीय कलाकारको प्रस्तुती रहने जनाईएको छ ।
कार्यक्रममा कुल १५ लाख ५० हजार खर्चको अनुमान गरिएको र खर्चबाट बचेको रकमबाट अक्षय कोष स्थापना गरि अध्यक्ष सुनारले जानकारी दिए । कार्यक्रममा तिन सय ५० रुपैयाँ, ५ सय रुपैयाँ र १ हजार रुपैयाँ टिकट रहेको आयोजकले जनाएको छ । कार्यक्रमको पुर्ण तयारी भै सकेको आयोजक समितिका संयोजक दिलिप प्रतेलले जानकारी दिए । पत्रकार सम्मेलन अध्यक्ष रोहित सुनारको अध्यक्षता र सचिव सागर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।