रासपाले बागलुङका लागि उम्मेदवारी टुंगायो जिल्ला तहमा असन्तुष्टी

  • माघ ५, २०८२

 बागलुङ, -  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका निम्ती राष्ट्रिय स्वतन्त्र पार्टीले बागलुङका  दुई वटै क्षेत्रमा आफ्नो उम्मेदवारी टुंगो लगाएको छ । रास्वपाले बागलुङ १ मा सुशील खड्का र २ मा सोम शर्मालाई उम्मेदवार बनाएको हो ।

आइतबार साँझ पार्टीले टिकट दिएको बागलुङ २ का उम्मेदवार शर्माले बताए । बागलुङ १ बाट उम्मेदवार बनेका खड्का बागलुङ बजारमा बसोबोस गर्दै आएका छन् । उनी कृषि उद्यमी पनि हुन् । बागलुङ नगरपालिका नै घर भएर हाल काठमाण्डौँ बस्पदै आएका शर्मा विभिन्न आन्दोलनमा क्रियाशिल भएका थिए ।  उनी  पछिल्लो समयमा सामाजिक सञ्जालमा पनि सक्रिय छन भने सामाजिक अभियान्तको रुपमा पनि परिचित रहेका छन । बागलुङका लागि यि दुई जनानै  पहिलोपटक निर्वाचन लड्न लागेका लागेका हुन् ।
जिल्लामा रहेका नेताको असन्तुष्टी
दुवै जनाको उम्मेदवारी रास्वपाले सुनिश्चित गरेसँगै जिल्लामा क्रियाशिल रहेका रास्वपाका नेता तथा कार्यकर्ताको भने चर्को असन्तुष्टी देखिएको छ ।  . 

उम्मेदवार चयनमा पार्टी केन्द्रले हस्तक्षेप गरेको भन्दै पार्टीका नेताहरुको असन्तुष्टि चुलिएको छ । बागलुङ १ मा सुशील खड्कालाई उम्मेदवार बनाउने निर्णयसँगै उक्त निर्णयको विरुद्ध उम्मेदवारका अर्का आकांक्षी राजेन्द्र शर्माले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

जिल्लाका नेताकार्यकर्ता र मतदाताको चाहाना विपरीत पार्टी केन्द्रले उम्मेदवार चयनमा मनोमानी गरेको उनको आरोप छ । रास्वपाका जिल्ला सदस्य एवं जैमिनी नगरपालिकाका सभापति रहेका शर्मा पछिल्लो समय पार्टी संगठन विस्तारमा जिल्लाभर क्रियाशील रहँदै आएका छन् ।
पार्टी निर्माणदेखि जनतासँग प्रत्यक्ष जोडिएर थुप्रै काम गरेकाले आफूलाई मतदाताले साथ दिने शर्माले बताए । उनले आफ्नो फेसबुकमा लेखेका छन “अब समग्र बागलुङको परिवर्तनको लागि बागलुङ १ बाट एकपटक मलाई मौका दिनुहोस । जय देश ।।। जय नेपाल ।।।  मेरो उम्मेदवारी परिवर्तनको लागि स्वतन्त्र उम्मेदवार को रुपमा हुनेछ । टिके प्रथा प्रती हामी समग्र बाग्लुङ बासी राष्ट्रिय स्वतन्त्र पार्टी एक छौ । जय घण्टी । ” उम्मेदवारका अर्का आकांक्षी खिमानन्द कँडेलले पनि सीमित नेताहरूको स्वार्थमा बाहिरबाट पठाइएका उम्मेदवार आफूहरूले अस्वीकार गर्ने बताएका छन् ।

सामाजिक संजालमा पोष्ट लेख्दै उनले उम्मेदवार चयनमा पार्टी केन्द्रले ठाडो हस्तक्षेप गरेको आरोप लगाएका छन् । कंडेलले लेखेका छन “बागलुङ १ मा मात्रै हैन देशका धेरै संघीय निर्वाचन क्षेत्रहरूमा हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रबाट भएको ठाडो हस्तक्षेपको हामी निन्दा गर्दछौं । बागलुङ्ग जिल्लाको परिबर्तनको लडाईमा कुनै योगदान नदिएका रास्वपा भित्र ‘जेन अफ अमेरिकन क्लब’ को लिष्टमा अटेर पार्टीको केन्द्रमा पहुँच राख्ने मित्रलाई पार्टीले टिकट थमाएको खबर छ । जे भयो बागलुङ १ का जनताको हीत बिरूद्दको कदम भयो । बागलुङ्गे जनताको भावना र मर्मलाई कुल्चँदै गरिएको ठाडो हस्तक्षेप स्वीकार्य छैन ।” केन्द्रले पठाएको उम्मेदवार प्रति बागलुङका तल्लो तहका कार्यकर्ताहरुको पनि असन्तुष्टी देखिएको छ । उनिहरुले घण्टी हामी बजाने टिकट अरुले नै ल्याउने भनेर समेत असन्तुष्टी पोखेको पाईएको छ । क्षेत्र नं. २ मा शर्माको उम्मेदवारी प्रति यस क्षेत्रका नेता तथा कार्यकर्ता र आम मतदाताले सधै टुरिष्ट उम्मेदवारलाई भोटहाल्नुपर्ने बाध्यता भनेर गुनासो पोखेका छन । यस अघि पनि नेकपा माओबादीबाट देवेन्द्र पौडेल यसै क्षेत्रबाट उम्मेदवार बनेर दुई पटक सम्म निर्वाचन जितेका थिए । हाल पौडेल परासीबाट उम्मेदवार भएका छन । 

प्रतिक्रिया