परिचय बदलिएको तमानखोला

  • फाल्गुण २, २०७८

बागलुङ- एक दशक अगाडी जिल्लाको सवै भन्दा दुर्गम क्षेत्र कुन हो भन्दा तमान, खुङखानी र बोङ्गादोभान परिचित थियो । भौगोलिक हिसाबले निकै कठिनाई क्षेत्र जिल्ला सदरमुकाम देखी पनि टाढा मानिन्थ्यो । यस क्षेत्रमा सड्क सञ्जालले जोडिएको थिएन । शिक्षा, स्वास्थ्य क्षेत्र पनि पछि परेका थिए । स्थानियमा चेतनाको कमी थियो । स्थानिय पुर्नसंरचना भएर गाउँगाउँमा सिंहदरबार आए सँगै अहिले यस क्षेत्रको परिचयन नै बदलिएको छ । स्थानिय पुर्नसंरचना सँगै यि क्षेत्रलाई समेटिएर तमानखोला गाउँपालिका बन्यो र गाउँपालिकामा अधिकार आए सँगै गाउँगाउँमा सडक पुग्यो त्यही सडकले यस क्षेत्रको परिचय नै बदलिदियो । 
तमानखोलाले पछिल्लो पाँच बर्षमा मुहार फेरिसकेको छ । खुंखानी नर्जा देखि सडक अभावकै कारण गाउँमा कोहि विरामी पर्दा गाउँलेले पालैपालो डोकोमा दिनभर लगाएर विरामी बोकेर उपचारका निम्ती बुर्तिबाङ सम्म ल्याउनु पर्ने वाध्यता थियो । पछिल्लो समय खुंखानी, नर्जा, पात्ले, भित्रिवन लगाएत अति दुर्गम मानिने वस्तिमा समेत निरन्त सवारी सञ्चालन हुन थालेपछि स्थानिय नागरीकको अवस्था फेरीएको छ ।
    सडक पुगेपछि प्रमुख व्यापारीक केन्द्र बुर्तिबाङ सम्म डेढ घण्टामै आइपुग्न सकिन्छ विहान आएपछि सामान खरिद गरेर तमानखोलाका सबै नागरीक साँझ घर फर्कन सक्ने भएका छन वडा नं. ६ का अध्यक्ष कुल बहादुर छन्त्यालले बताए । बुर्तिबाङ देखि गाउँपालिकाको केन्द्र बोङगादोभान सम्म अव १२ महिना सिधा सवारी चल्ने गरी मोटरेवल पुल सञ्चालमा आएका छन अव बोङगादोभान देखि गाउँ छिर्ने मुख्य नाका रहेको क्षेत्रमा समेत मोटरेवल पुल वन्ने तयारीमा छ । ६ वडा रहेको पालिकाका २७ गाउँ वस्ति छन । गाउँका सबै वस्तिमा सडक सञ्जाल पुगिसकेको छ । नागरीकले घरदेखि अधिकतम पाँच मिनेट पैदल यात्रा गरेमा मोटर चड्न सक्ने गरी सडक सञ्जाल जोडिएको छ ।
गाउँपालिका भित्रका सवै वस्तिमा १२ महिना सवारी चल्ने गरी सड सञ्चालन गर्न अझै समय लाग्ने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।  गाउँपालिका दिर्घकालिन विकासको रुपमा सडकलाई लिइएको छ सबै वस्तिमा ट्रयाक जोड्ने काम भैसकेको र आउँदा दिनमा सडक चौडा पार्ने, नाली निर्माण गर्ने र निरन्तर सवारीका साधन चल्ने गरी व्यवस्थापनका निम्ती अगाडी बढाएको बुढाले बताए । 
यस क्षेत्रमा भौगोलिक अवस्थाले अलि कठिनाई छ, धेरै खोलाहरु छन । हिउँदमा सडक संचालन भए पनि वर्खाको समयमा गाह्रो हुन्छ गाउँपालिका अध्यक्ष बुढाले भने,–‘ आउँदा दिनमा नालि व्यवस्थापन गर्नेछौं मोटरेबल पुलको निम्ती पहल थाल्ने छौं यसो भयो भने पक्कै पनि सडक नियमति संचालन हुने छ ।  गाउँपालिका सँग जोडिएका सडकमा हाल सम्म दुई मोटरेलव पुल वनिसकेका छन एउटा वन्ने तयारीमा रहेको र क्रमश मोटरेवल पुल निर्माण भएपछि नागरीकको जिवनस्तर थप सुधार हुनुका साथै विकास निर्माणमा समेत  सहयोग पुग्ने अध्यक्ष बुढाको भनाई छ । सडक सञ्जालले जोडिए सँगै अहिले स्थानिय उत्पादनले पनि बजार पाएको छ भने बाहिर बाट ल्याउनुपर्ने बस्तु पनि सजिलै गाउँ भित्रिएको छ । 

प्रतिक्रिया