नारायण रिजाल - बागलुङ ! कहिलेकाहीँ सानो गाउँको माटोमा रोपिएको सपना समयसँगै यति बलियो बन्छ कि त्यसले समाज र राजनीतिमा आफ्नै पहिचान बनाउँछ । संघर्ष, समर्पण र निरन्तरताको यही यात्रामा अघि बढेकी एक पात्र हुन—रेणुका काउचा मगर
बागलुङको गलकोट नगरपालिका वडा नं. ११ रिघामा जन्मिएकी रेणुका काउचा स्थानियको तहमा बटुलेको अनुभव लिएर संसदिय राजनिति यात्रा तय गरेकी छन । २०७४ सालको पहिलो स्थानिय तहमा निर्वाचनमा गलकोट नगरपालिकाको नगरउपप्रमुख भएर स्थानिय तहको अनुभव समालेकी काउचा यस पटक देशको कानुन र निति बनाउने स्थानमा पुगेकी छन । काउचा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी छन । जनजाति समुदायमा हुर्केर नेपाली राजनितिमा होमिएकी काउचाको संसद छिर्ने भने यो तेस्रो प्रयास हो । २०७० सालमा संविधान सभामा पहिलो पटक काँग्रेसको तर्फबाट समानुपातिक सूचिमा थिईन तर उनि त्यो बेला सांसाद बन्न सकिनन पछि २०७४ मा स्थानिय तहको निर्वाचनमा गलकोट नगरपालिकाको नगरउपप्रमुखको उम्मेदवार बनिन् । जिल्लामा अन्य स्थानिय तहमा एमाले माओबादी र राजमोको जित हुँदा गलकोटमा काँग्रेसकै भरत शर्मा गैरे नगरप्रमुख र काउचा उपप्रमुख बनिन ।
उपप्रमुख भएको बेला महिलालाई उद्यमशील बनाउने, महिला स्वास्थ्यको सुधार र सशक्तीकरणका योजना ल्याइन् । न्यायिक समितिमा साना साना झगडाहरु गाउँमै मिलाउने प्रयास गरिन । समाजमा विभिन्न सचेतनाका कार्यक्रम संचालन गर्नुका साथै महिलालाई नेतृत्व विकास गर्नका निम्ती उनले अग्रसर भुमिका खेलिन । उनले कार्यपालिकामा आफु उपप्रमुख भएता पनि आफुलै ल्याएका एजेण्डा कहिले काहीँ पास नभएका कुरा पनि सुनाईन । “पुरुष सदस्यले ल्याएका एजेन्डामा तत्कालै छलफल हुन्थ्यो । उपप्रमुखका कुरा पछि सर्थे । महिला भएकै कारण उपयोगी एजेण्डा ल्याएर पनि समयमा पास नभएको मेरो अनुभव छ काउचाले भनिन ।”
काउचाको कार्यकालमा गलकोट नगरपालिकामा महिलाहरुका लागि निकै लोकप्रिय कार्यक्रम संचालन गरिन । उनले ‘नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रम’ मार्फत गलकोटका महिलालाई उद्यमी बनाउने प्रयास गरिन उत्कृष्ट १० महिलालाई पुरस्कृत गरेर महिला उद्यमीको हौसला बनाउने काम गरिन । उक्त कार्यक्रममा १ सय महिला उद्यमी बनाएर काउचाले प्रसंसा बटुलिन् । ३० वर्षकै उमेरमा उपप्रमुख भएकी काउचा अहिले ३८ बर्षकी भइन् । एकल महिला भत्ता, दलित महिलालाई सीप विकास कार्यक्रम, सबै वडामा महिला सञ्जाल गठन, तीनै संजालमार्फत शसक्तीकरणका कार्यक्रम गरेर लोकप्रियता कमाएकी थिइन ।
पहिलो कार्यकाल सफलतापुर्वक पुरा गरेकी काउचा २०७९ सालको स्थानिय तहको निर्वाचनमा उनि नगरप्रमुखको दौडमा थिईन पार्टीले पुन नगरप्रमुखमा गैरेलाई नै उम्मेदवार बनायो काउचाले गैरलाई बिजयी बनाउने भुमिका खेलिन त्यो निर्वाचनमा काँग्रेससहित पाँच दलिय गठबन्धन थियो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा काउचा पुन समानुपातिक सूचिमा बसिन त्यो समयमा पनि उनि पर्न सकिनन यस पटक भने देशभर काँग्रेसले हार व्यहोेरेको बेला काउचा सांसद बनेकी छन । काउचालाई स्थानिय तहमा संगालेको अनुभवलाई अब संघिय संसदमा राख्नेछिन ।
काउचाको राजनितिक यात्रा
२०६५ सालमा काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको तर्फबाट काठमाण्डौको सरस्वती बहुमुखी क्याम्पसमा स्ववियु कोषाध्यक्ष भएर आफ्नो राजनितिक यात्रा सुरु गरेकी काउचा कांग्रेसको १२औं, १३ औं र १४ औं महाधिवेसनमा उनी लगातार महाधिवेसन प्रतिनिधि निर्वाचित भइन् । पहिला नेविसंघमा सक्रिय काउचा मगर बिद्यार्थी संघको केन्द्रीय अध्यक्ष बनिन् । यो समयमा उनले देशभरका मगर बिद्यार्थीबीच कार्यक्रममा पुग्ने अबसर पाइन् । संविधानसभा निर्वाचनको बेला समावेशिता, समानुपातिक निर्वाचन प्रणाली र महिला अधिकारको क्षेत्रमा उनले धेरै ठाउ“का अन्तरक्रियामा भाग लिने मौका पाइन् । बिद्यार्थी नेतृत्वले नै राजनीतिक नेतृत्वमाझ उनी परिचित बनिन् । उनी नेपाल महिला संघको केन्द्रीय सदस्य समेत बनेकी थिईन । व्यवस्थापन संकायमा स्नातकोत्तर र कानुनमा स्नातक गरेकी काउचाले कानून निर्माणमा अग्रणी भूमिका खेल्न सक्ने बताउछिन् । ‘म सँग स्थानिय तहमा संगालेको अनुभव छ संसदमा पुगेर जनअपेक्षा अनुसारका कानून निर्माण गर्न पहल गर्नेछु । काउचाले भनिन् दुरदराजका जनताका लागि कस्तो निति तथा कानुन आवश्यक पर्छ त्यो म नगरपालिकामा नेतृत्व लिँदा बुझेकी छु अब मेरो भुमिका गाउँमा गरिब विपन्नका लागि र सिमान्तकृत समुदायका लागि आवश्यक पर्ने निति निर्माणमा हुनेछ । हरेक वर्गका लागि समानुकुल हुने कानून बनाउन सकियो भने मात्रै बिकासले गति लिने र अबरोधहरु हट्ने हट्ने छन ।” उनले जेनजी आन्दोलनपछि जनताले जे परिवर्तन खोजेका छन् ती कुराहरुको संस्थागत गर्ने अहिलेको संसद र अब बन्ने सरकारको दायित्व भएको बताईन ।
काउचाले आफुले स्थानिय तहमा रहँदा भोगेका कानुनी झेललाई पनि अब सहज बनाउनका निम्ती संसदमार्फत भुमिका खेल्ने बताए । संघले निर्माण गरेका कुनै कानुन स्थानिय तहमा बाझिएका ति सुधार गरेर आगडी बढ्नुपर्दछ त्यसका लागि संघिय कानुन नै सुधार गरियो भने त्यो सम्भव छ काउचाले भनिन् ।
काउचाले हिजो नगरपालिकाको नेतृत्व लिँदा हरेक राजनितिक दल र स्थानिय नेतृत्वको सल्लाह अनुसार काम गरेको र आउँदा दिनमा पनि संसदमा सवैको सल्लाहले भुमिका निर्वाह गर्ने बताईन । उनले संसदमा जनताको चाहना अनुसारको निति निर्माण गर्नमा आफ्नो भुमिका रहने बताईन । संसदमा भने रास्वपाको बहुमत रहेका कारण काँग्रेसका सवै सांसद प्रतिपक्ष भुमिका हुनेछ । त्यो भुमिकामा काउचाको प्रस्तुती अब्बल रहनेमा जिल्लाको नेतृत्व रहेको काँग्रेस बागलुङका सचिव हरिहर शर्मा बताउँछन ।